पाँचथरको फालेलुङ गाउँपालिकास्थित उच्च पहाडी र हिमाली भेगमा पालिएका याक र चौँरीमा लाग्ने आन्तरिक र बाह्य परजीवी नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गरिएको छ। फालेलुङ गाउँपालिका र स्थानीय चौँरी पालक किसान समूहको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरिएको हो। फालेलुङ गाउँपालिकाले फालेलुङ–४ को फालौट क्षेत्रमा सञ्चालन गरेको कार्यक्रमअन्र्तगत यस क्षेत्रका याक, चौँरी र उराङ गरी ३५० वटा जनावरलाई आन्तरिक र बाह्य परजीवी नियन्त्रणका लागि औषधि सेवन गराइएको गाउँपालिकाको पशु सेवा शाखाका प्रमूख छिरिङ सेर्पाले जानकारी दिनुभयो।
विश्वकप फुटबलको उपाधि दाबेदारमध्ये एक नेदरल्यान्ड्स प्रिक्वाटरफाइनलमा सँघारमा रहेको छ। समूह ‘ए’मा नेदरल्यान्ड्सले समूह चरणको होडबाट बाहिरिसकेको आयोजक कतारविरुद्ध खेल्दै छ। कतारले सुरुका दुई खेल हारेको थियो। नेदरल्यान्ड्सलाई तुलनात्मक रूपमा कमजोर कतारविरुद्ध बराबरी पनि पर्याप्त छ। कतारसँग हारे पनि यस समूहको अर्को खेलमा इक्वेडरले सेनेगललाई हराएमा नेदरल्यान्ड्स अगाडि बढ्नेछ। ७१ वर्षीय प्रशिक्षक लुइस भान गालले नेदरल्यान्ड्सलाई विश्वकप दिलाउन आफ्नो सन्न्यासलाई रोकिरहनुभएको छ। नेदरल्यान्ड्स तीन पटक फाइनलमा पुगेर पनि विश्व च्याम्पियन बन्न नसकेको अभागी टिम हो। सन् १९७४ मा पश्चिम जर्मनी, सन् १९७८ मा अर्जेन्टिना र सन् २०१० मा स्पेनसँग फाइनलमा हारेपछि नेदरल्यान्ड्स नजिक पुगेर पनि विश्वविजेता बन्नबाट वञ्चित भएको थियो। सन् २०१४ मा पनि नेदरल्यान्ड्सले तेस्रो स्थान हासिल गरेको थियो।
बेलायतका दुई टिम इङ्ग्ल्यान्ड र वेल्सबीच फुटबलमा ठूलो प्रतिद्वन्द्विता छ। सन् २०१६ मा भएको युरो कपमा आइसल्यान्डसँग पराजित भएर इङ्ग्ल्यान्ड बाहिरिँदा वेल्सका खेलाडीहरूले मनाएको खुसियाली ‘भाइरल’ भएको थियो। सो प्रतियोगितामा इङ्ग्ल्यान्डसँग समूह चरणमा २–१ ले हारेको वेल्स सेमिफाइनलसम्मको यात्रा गर्न सफल भएको थियो।
कोरोना भाइरस (कोभिड–१९) प्रभावपछि रुस र युक्रेन युद्धको बाछिटाले थलिएको नेपाली अर्थतन्त्र अझै पनि पूर्ण रूपले बौरिसकेको छैन । बैङ्क तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी तरलताको अभाव छ । महँगी बढेको छ र रोजगारी खुम्चिएको छ । कतिपय परिसूचकमा केही आशा जाग्न थाले पनि त्रास बाँकी नै छ । मुलुकलाई आर्थिक दुर्घटनाबाट बचाउने गरी विभिन्न नीति नियम तथा कार्यक्रम सञ्चालन गर्नुुु अनिवार्य छ । अन्यथा दक्षिण एसियाली राष्ट्र श्रीलङ्काको आर्थिक नियति भोग्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन । यसका निम्ति देशको ढुकुटी सम्हाल्ने निकायले निकै सोचविचार गरेर भावी कदम चाल्नुको कुनै विकल्प छैन । यसै सन्दर्भमा नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेसँगै अर्थतन्त्रमा सुधारको अपेक्षा बढेको छ ।
हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको धेरैजसो परिणाम सार्वजनिक भएको छ । समानुपातिकतर्फको मतगणता जारी नै रहेका कारण यसको सम्पूर्ण परिणाम घोषित गर्न अझ केही दिन लाग्न सक्छ तर सङ्घमा कुनै एक दलको नेतृत्वमा सरकार गठन हुने सम्भावना देखिँदैन । चुनावअघि अस्तित्वमा आएको पाँच दलीय गठबन्धनले आफ्नो सहयात्रालाई निरन्तरता दिन खोज्यो भने नयाँ सरकारको गठनमा समस्या हुने छैन तर नेपालका राजनीतिज्ञहरूमा रहेको सत्ताप्रतिको असीमित महìवाकाङ्क्षाले नयाँ सत्ता समीकरणलाई पनि अस्तित्वमा ल्याउन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । समानुपातिक निर्वाचन प्रणालीका कारण नेपालमा कुनै एक पार्टीको नेतृत्वमा बहुमतको सरकार अस्तित्वमा आउने सम्भावना रहेन ।
मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएसँगै मतदाताहरु खेतीपातीमै व्यस्त देखिएका छन् । लगाएका खेति उठाउन र विक्री वितरण गर्न किसानहरु व्यस्त छन् ।
धनुषा क्षेत्र न. ४ प्रतिनिधि सभा सदस्यको उम्मेदवारको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार वाम–गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव र नेकपा(एमाले)का उम्मेदवार रघुवीर महासेठ विच तीव्र प्रतिस्पर्धा भएको ।
गत नोभेम्बर ६ तारिखबाट इजिप्टको शर्म–एल–शेख सहरमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन तोकिएका दिनभन्दा बढी लम्बिए पनि खासै उपलब्धिपूर्ण हुन सकेन । जुन सम्मेलनले नोभेम्बर २० मा जलवायु परिवर्तनको असर परेका मुलुकलाई ‘लस र ड्यामेज’ का आधारमा क्षतिपूर्ति दिने निर्णय भएको संयुक्त राष्ट्रसङ्घका जलवायु परिवर्तनसम्बन्धी एक्जुकेटिभ सेक्रेटरी सिमोन स्टेइलले जानकारी गराएका थिए । विकसित राष्ट्रले हरेक सम्मेलनमा कार्बन उत्सर्जनमा कटौती गर्ने र उक्त कार्बन उत्सर्जनबाट प्रभावित गरिब राष्ट्रलाई क्षतिपूर्ति दिने सहमति जना
अथर्ववेदमा मातृभूमिको महिमा छ । त्यसमा भनिएको छ, “हे मातृभूमि, हामीलाई अनन्त ज्ञान प्राप्त होस् । प्रत्येक दिन हामी अभैm समृद्ध बन्न सकौँ । दयालु, परोपकारी र उदार बन्न सकौँ ।” आज हरेक राष्ट्रले सार्वभौमसत्ता, राष्ट्रिय एकता र जनहितको रक्षाका लागि राष्ट्रिय मूलमन्त्र बनाएर सोहीअनुसार परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा नीति, अर्थनीतिलगायतका यावत् पक्षको संरक्षण गर्ने गरेको पाइन्छ । त्यो मूलनीतिमा राष्ट्रको तस्बिर देखिन्छ । विगत र वर्तमानबाट शिक्षा लिएर भविष्यको मार्गचित्र बनाइन्छ ।
एक्काइसौँ शताब्दीमा पनि खानै नपाएर समस्याग्रस्त हुनु भनेको गम्भीर अस्वीकार्य अवस्था हो । संसारभर लगभग १४९.२ मिलियन बालबालिका (पाँच वर्षभन्दा मुनिका) पुड्कोपनको फन्दामा परेका छन् भने ४५.४ मिलियन ख्याउटे र ३९ मिलियन मोटोपनका सिकार बनेका छन् । (विश्व तथ्याङ्क २०२१) । नेपालमा पनि कुपोषणको समस्या व्यापक छ । नेपालले पुड्कोपन, मातृ मृत्युदर र शिशु अनि बाल मृत्युदर घटाउन सकारात्मक फड्को मारेको छ ।
‘नेपालका देवी देवताहरू’ विषयक कला प्रदर्शनी सुरु भएको छ । नेपाल कला परिषद्को ६०औँ तथा नेपाल हस्तकला महासङ्घको ५०औँ वार्षिकोत्सवका अवसरमा सोमबार भारतीय राजदूत नवीनकुमार श्रीवास्तवले प्रदर्शनी उद्घाटन गर्नुभयो । कार्यक्रममा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्य, कला परिषद्का अध्यक्ष सागरशमशेर जबरा, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जरी शाक्य, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोललगायतको उपस्थिति थियो । प्रदर्शनी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा मङ्सिर २४ सम्म चल्नेछ ।
समाज सुधारक बालागुरु षडानन्दको १८८औँ जयन्तीका अवसरमा विभिन्न व्यक्ति र संस्थालाई पुरस्कृत तथा सम्मानित गरिएको छ । १५औँ स्थापना दिवसका अवसरमा आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान काठमाडौँद्वारा सोमबार आयोजित पुरस्कार अर्पण समारोहमा षडानन्द राष्ट्रिय पुरस्कार, राष्ट्रिय समाज सेवा पुरस्कार, षडानन्द क्षेत्रीय पुरस्कार क्रमशः वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठ (ललितपुर), परोपकार संस्था (काठमाडौँ) र दुर्गाप्रसाद अधिकारी (भक्तपुर)लाई अर्पण गरियो । पुरस्कारको राशि क्रमशः एक लाख, एकाउन्न हजार र एकाउन्न हजार रुपियाँ रहेको छ । परोपकार संस्थाका अध्यक्ष हितकरवीरसिंह कंसाकारले पुरस्कार ग्रहण गर्नुभयो ।
गत असार,साउन र भदौ महिनाका वर्षात्ले राप्ती र बबई नदीले पुर्याएको क्षतिको विवरण सङ्कलन गरिएको छ । जनताको तटबन्धन लमही कार्यालयले बबई नदी र राप्ती नदीको बाढीले १३.७ किलोमिटर क्षेत्रफलमा क्षति बनाएको बताएको छ ।
नेपाल विद्युत् प्राधिकरणले मधेश प्रदेशमा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण लाइन निर्माण गर्ने भएको छ । सन् २०५० भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएका ती प्रसारण लाइन बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायत जिल्लाका दक्षिणी भेगको अहिले र पछि हुने माग पूरा गर्न निर्माण गर्न लागेको हो । बारा–पर्सा औद्योगिक कोरिडोरअन्तर्गत वीरगञ्ज क्षेत्रमा करिब तीन हजार दुई सय र जनकपुर क्षेत्रमा आठ सय मेगावाट विद्युत् खपत गर्ने गरी प्रसारण सञ्जाल पूर्वाधार निर्माण गरिनेछन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ दक्षिण कोरिया जानेका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सन् २०२३ मा कृषि तथा पशुपालनका लागि छ हजार कामदारको माग आएकाले पुस ४ देखि ८ गतेसम्म आवेदन दिन सक्ने गरी आवेदन माग गरेको हो ।