• १३ साउन २०८१, आइतबार

कला प्रदर्शनी सुरु

blog

काठमाडौँ, मङ्सिर १३ गते । ‘नेपालका देवी देवताहरू’ विषयक कला प्रदर्शनी सुरु भएको छ । नेपाल कला परिषद्को ६०औँ तथा नेपाल हस्तकला महासङ्घको ५०औँ वार्षिकोत्सवका अवसरमा सोमबार भारतीय राजदूत नवीनकुमार श्रीवास्तवले प्रदर्शनी उद्घाटन गर्नुभयो । कार्यक्रममा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्य, कला परिषद्का अध्यक्ष सागरशमशेर जबरा, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जरी शाक्य, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोललगायतको उपस्थिति थियो । प्रदर्शनी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा मङ्सिर २४ सम्म चल्नेछ ।