सोल, मङ्सिर १३ गते । दक्षिण कोरियामा सोमबार मध्यरातसम्म ७१ हजार ४७६ कोभिड–१९ का नयाँ सङ्क्रमण देखिएको छ ।
कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ७० लाख ३१ हजार ३१९ पुगेको स्वास्थ्य अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।
दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनभन्दा २२ हजार ३२७ ले बढेको बताइएको छ । तर यो एक हप्ताअघिको तथ्याङ्क ७२ हजार ९६० भन्दा कम रहेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सीले जनाएको छ ।
नयाँ सङ्क्रमितमध्ये ८४ विदेशबाट आयातित रहेका जनाइएको छ । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या चार सय ९१ रहेको जनाइएको छ । थप ४१ जनाको मृत्यु पुष्टि भएपछि कुल मृतकको सङ्ख्या ३० हजार ४५४ पुगेको छ । रासस/सिन्ह्वा