• १३ साउन २०८१, आइतबार

कोदो उत्पादन घट्दा किसान चिन्तित

blog

बारीमा कोदो टिप्दै किसान । तस्बिर : गोरखापत्र

रमेश विश्वकर्मा

गुल्मी, मङ्सिर १४ गते । यतिबेला ग्रमीण क्षेत्रका किसानहरु खेतबारीमा निकै व्यस्त देखिएका छन् । गुल्मीको ग्रामीण क्षेत्र मदाने गाउँपालिका वडा नम्बर–१ अग्लुङ्गका किसानहरु यतिबेला बारीमा कोदो काटेर स्यार्नमा निकै व्यस्त देखिएका हुन् । किसानहरु कोदो स्यार्नमा व्यस्त भएतापनि निकै चिन्तित देखिन्छन् ।

विगतमा भन्दा यस वर्ष कोदो उत्पादनमा कमी आउन सक्ने भन्दै किसान चिन्तित भएका हुन् । गुल्मीको ग्रामीण क्षेत्रको मुख्य खाद्यान्नको रुपमा रहेको कोदो अहिले उत्पादनमा कमी आउन सक्ने भन्दै यहाँका किसान निकै चिन्तित छन् । यस क्षेत्रका किसानले विगत देखि कोदो उत्पादन गर्दै आएका छन् ।

जिल्लाको पश्चिमी ग्रामीण क्षेत्र मदाने गाउँपालिका–१, अग्लुङ्ग ओख्लेदहका किसान धनबहादुर विश्वकर्माले विगतमा भन्दा अहिले धानजस्तै कोदो उत्पादनमा पनि कमी आउन सक्ने बताउनुभयो । “यस वर्ष कोदो फुल खेल्ने समयमा लगातार पानी पर्यो । त्यसैमा हावा लागेर कोदो बारीमै सुतायो । उहाँले भन्नुभयो, “यहाँको मुख्य खाद्यान्नको रुपमा कोदोलाई लिइन्छ । कोदो उत्पादनमा कमी आयो भने हामी निकै समस्यामा पर्छौं ।”

सोही स्थानका अर्का किसान विष्णु चन्दले पनि कोदो उत्पादनमा अहिले कमी आउन सक्ने भन्दै निकै चिन्ता व्यक्त गर्नुभयो । विगतमा भन्दा अहिले कोदो उत्पादनमा कमी आउँछ । वन्यजन्तुले अहिले कोदो जथाभावी नोक्सानी गरिदिएको हुँदा उत्पादन कमी आउन सक्ने उहाँले बताउनुभयो । 

विगतको तुलनामा यस वर्ष कोदो फल्ने खेल्ने समयमा लगातार पानी परेको हुँदा फुल नोक्सान भएकोले पनि उत्पादनमा कमी आउने उहाँले बताउनुभयो । “यहाँको मुख्य खाद्यान्नको रुपमा कोदोलाई मानिन्छ ।” किसान रेमबहादुर विकले भन्नुभयो, “विगतको तुलनामा यस वर्ष कोदो उत्पादन कमी आउने सम्भावना छ ।” 

लगातारको वर्षासँगै हावाका कारण बारीमा कोदो सुतेको छ । फूल खेल्न लाएको कोदो पानीले बिगारेको हुँदा उत्पादनमा कमी आउन सक्ने उहाँले बताउनुभयो ।