• १३ असोज २०८१, आइतबार

मेरो नेतृत्वमा पुस पहिलो सातामा नयाँ सरकार गठन हुन्छ: नेता पौडेल

blog

वसन्त पराजुली 

भरतपुर, मङ्सिर १५ गते। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुस पहिलो हप्ता भित्र नयाँ सरकार बन्ने बताउनु भएको छ । नेपाल प्रेस युनियन चितवनले बिहीबार भरतपुरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले मङ्सिर अन्तिम सम्म निर्वाचनको अन्तिम घोषणा भइसक्ने र पुस पहिलो सातामा नयाँ सरकार बन्ने जानकारी दिनुभयो । 

उहाँले नयाँ सरकार  बाम लोकतान्त्रिक गठबन्धनकै हुने र त्यसको नेतृत्व आफूले गर्ने दाबी गर्नुभयो । नयाँ राष्ट्रपतिको बारेमा भने टुङ्गो नलागेको स्पष्ट पार्नुभयो ।