राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव किशोरबहादुर सिंहको ७५ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा दुई जना डेंगु सङ्क्रमितको मृत्यु भएको हो ।
कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (बिहीबार) राति समूह ‘ई’ र ‘एफ’ को दुई दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।
कैलालीको धनगढीमा आज कालिका कन्स्ट्रक्सनको ग्रेडरले कुल्चिदा एक विद्यार्थीको मृत्यु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताउनुभएको छ ।
रुपन्देही कञ्चन गाउँपालिका –५ का एक वर्षदेखि फरार अभियुक्त यमलाल पाण्डे पक्राउ परेका छन् ।
मङ्सिर ४ गते भएको निर्वाचनमा समानुपातिकतर्फ एक करोड दुई लाख ६४ हजार ५३ मतगणना हुँदा नेकपा (एमाले)ले सबैभन्दा बढी मत पाएको छ।
कतारमा जारी फिफा विश्वकप अन्तर्गत बिहीबार (आज) राति हुने जर्मनी र कोस्टारिकाबीचको खेल महिला रेफ्रीले खेलाउने पक्का भएको छ । पुरुष विश्वकप फुटबलको इतिहासमा महिला रेफ्रीले खेल खेलाउन लागेको यो पहिलो पटक हो ।
कालीकोटको शान्नीत्रिवेणी गाउँपालिका –३ सिस्नेगडा कर्णाली नदी किनारमा एक जना पुरुषको बेवारिसे शव फेला परेको छ । घाँस काट्न गएका स्थानीय महिलाले नदी किनारमा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
तरुल खन्ने क्रममा ढुङ्गाले च्यापिएर मङ्गलसेन नगरपालिकामा एक बालकको ज्यान गएको छ । मङ्गलसेन नगरपालिका –११ खिमाडा निवासी १४ वर्षका गौतम भुलको ज्यान गएको हो ।
स्याउ उत्पादन राम्रो भए पनि किसानलाई यस वर्ष बजारको (बिक्री) गर्ने पिरलो भएको छ । जिल्लामा सडक यातायात नजोडिएका कारण जिल्ला बाहिर निकासी गर्न नपाइने भएकाले किसानलाई उत्पादन भएको स्याउ बिक्री गर्न समस्या भएको हो ।
इटालीमा पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितहरू बढेको बताइएको छ । यसका साथै यहाँका कोभिड सङ्क्रमितहरूको अस्पताल भर्ना हुने दर पनि बढेको पाइएको हो ।
भरतपुर महानगरपालिकाले व्यावसायिक मत्स्य कृषकका लागि विधुत महशुलमा ५० प्रतिशत अनुदान दिने भएको छ। महानगरले आफ्नो नीति तथा कार्यक्रममा यहाँको कृषि उत्पादनलाई वृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।
सप्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार नवल किशोर साह सुडी विजयी हुनुभएको छ ।
स्याङ्जा निर्वाचन क्षेत्र २ मा मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिनुभएको छ । उहाँले नेकपा नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई एक हजार ३२७ मतले पछि पार्नुभएको हो ।