नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा साढे आठ अर्ब रुपियाँ नाफा कमाएको छ । आव २०७९/८० को साउनदेखि असोजसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार प्राधिकरणले विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपियाँ आम्दानी गरेको छ । यो अवधिमा २४ अर्ब ४८ करोड खर्च गरी आठ अर्ब ५० करोड रुपियाँ (करअघि) नाफा भएको प्राधिकरणले जनाएको हो ।
ग्रेडरले ठक्कर दिँदा विद्यार्थीको ज्यान गएपछि धनगढीमा उत्पन्न असहज परिस्थितिलाई नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले बिहीबार बेलुका ७ बजेबाट अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको हो । पूर्वमा धनगढी–१ को पुरानो फूलबारी बसपार्क, पश्चिममा धनगढी–४ रातोपुल, उत्तरमा धनगढी–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र दक्षिणमा वडा नं. १, २ स्थित हुलाकी राजमार्गमा निषेधाज्ञा जारी गरिएको छ ।
नेपालमा एचआइभी/एड्सप्रतिको विभेद नघटेकैका कारण सङ्क्रमितहरू खुलेर उपचारमा आउन सकेका छैनन् । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले समाजमा अझै एचआईभी सङ्क्रमित व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेका कारण उनीहरू उपचारको पहुँचमा आउन नसकेको बताउनुभयो ।
स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका धनराज गुरुङले अग्रता कायमै राख्नु भएको छ । उहाँले नेकपा नेकपा (एमाले ) का उम्मेदवार पद्मा कुमारी अर्याललाई दुई हजार ४१८ मतले पछि पार्नु भएको हो ।
खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले १ डिसेम्बरमा पठाएको नयाँ मूल्यअनुसार डिजेलमा प्रतिटिलर ११ रुपियाँ, पेट्रोलमा प्रतिलिटर २ रुपियाँ र हवाई इन्धनमा प्रतिलिटर ६ रुपियाँ मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । खाना पकाउने ग्यासमा भने ४४ रुपियाँ मूल्य बढेर आएको निगमले जनाएको छ ।
उपत्यकाबाट प्रतिनिधि सभामा जस्तै प्रदेश सभामा पनि नेकपा (माओवादी केन्द्र) शून्य भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रदेश सभाका ३० मध्ये छ स्थानमा माओवादी केन्द्रको उम्मेदवारी थियो । उनीहरू सबै पराजित भए । भक्तपुरको प्रदेश सभाका चार क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार थिएनन् । ललितपुर क्षेत्र नं. १ (क)मा माओवादीका उम्मेदवार पराजित भए भने (ख)मा उम्मेदवारी थिएन । काठमाडौँ क्षेत्र नं. ३ (क)मा माओवादीको उम्मेदवारी थियो तर पराजित भए । काठमाडौँ क्षेत्र नं. ६ को (क) र (ख)मा उम्मेदवारी भए पनि पराजित भए । काठमाडौँ क्षेत्र नं. १० (क) र (ख)मा उम्मेदवारी थियो तर पराजित भए ।
आउँदो पुस अन्तिम सातादेखि आयोजना हुने चितवन महोत्सवका लागि स्थल सम्याउने क्रममा सङ्कलित प्लास्टिक नारायणी नदी किनारमा विसर्जन गरिएको छ। वर्षामा नारायणीको बाढीले बनाएको खाल्डोमा यस पटक करिब डेढ सय ट्याक्टर प्लास्टिकजन्य फोहोर फालिएको छ। फोहोर फ्याँक्दै माथिबाट ढुङ्गाले थिचेर माटोले पुरी मैदान सम्याइएको हो। उसो त भरतपुर महानगरपालिकाभित्र मात्रै दैनिक ७० टनभन्दा बढी फोहोर निस्कन्छ। यसरी निस्केको फोहोरलाई नारायणी नदी किनारसँगै रहेको वन क्षेत्रमा नियमित फालिँदै आएको छ।
मोरोक्को र क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।
मानेभन्ज्याङ गाउँपालिका आखलढुंगाले आफ्नै पालिका गान र लोगो तयार गर्ने भएको छ
काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले शैक्षिक क्रियाकलापलाई व्यवहारिक र जीवन उपयोगी बनाउन विभिन्न ३ वटा संस्थासँग सहकार्य सम्झौता गरेको छ।
गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतबीच भेटवार्ता भएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्युु भएको छ।
मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।
प्रतिनिधिसभा निर्वाचनमा एक सय ६२ जना निर्वाचित हुँदा १० उम्मेदवार जम्मा दुई सय मतभन्दा कम मतान्तरले पराजित भएका छन्।
सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच यसअघि दुई पक्षबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा वार्ता भएको छ ।