• १२ असोज २०८१, शनिबार

नवलपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

blog

मध्यविन्दु, मङ्सिर १५ गते। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्युु भएको छ। दलदलेबाट १४ जना यात्रु लिएर डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो। 

दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको र चालकसहित सात जना गम्भीर घाइते भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले जानकारी दिनुभयो।

घाइतेहरूको उद्धार गरी उपचारका लागि कावासोती लगिएको छ। अहिले साँझ साढे ५ बजे भएको दुर्घटनामा जिप तीन सय मिटर तल खसेकाले घाइतेको उद्धार गर्न निकै समय लागेको थियो। जिपको ब्रेक फेल भई दुर्घटना भएको अनुमान गरिएको छ। अहिलेसम्म मृतक तथा घाइतेको परिचय खुलेको छैन।