• १२ असोज २०८१, शनिबार

मानेभञ्ज्याङ गाउँपालिकाले आफ्नै गान र लोगो बनाउने

blog

शेरबहादुर राई

ओखलढुंगा, मंसिर १५ गते । मानेभन्ज्याङ गाउँपालिका आखलढुंगाले आफ्नै पालिका गान र लोगो तयार गर्ने भएको छ । गाउँपालिकाले पालिका गान र लोगो तयार गर्नका लागि गीतकार तथा कलाकार छनौट गर्न प्रक्रिया थालेको छ । ईच्छुक गीतकार तथा कलाकारलाई पालिकाको गान र लोगो तयार गर्न गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी आह्वान गरेको छ । 

पालिकाको सामाजिक, आर्थिक, भौगोलिक, धार्मिक ऐतिहासिक, भाषिक, साँस्कृतिक तथा पर्यटकीय मौलिक विशिष्टता झल्किने गरी पालिका गान र लोगो तयार गर्न खुला रुपमा आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले बताउनुभयो । पालिका गान घटीमा ५० र बढीमा ६० शब्दको हुनुपर्ने र पालिकाको लोगो नेपालको राष्ट्रिय लोगोकै आकारमा यस गाउँपालिकाको मौलिक विशिष्टता झल्कने हुनुपर्ने प्रमुख प्रशासकीय अधिकृत राईको भनाइ छ । प्रतिस्पर्धाको आधारमा पालिका गान र लोगो छनौट गरिने छ । 

छनौट हुने पालिका गान र लोगोका कलाकारले नगद २५ हजार ५५५ रुपियाँ पुरस्कार पाउने छन् । छनौट भएकाबाहेक अन्य तीनवटा उत्कृष्ठ गीतलाई गाउँपालिकाले नै रेकर्ड गरिदिने मानेभञ्ज्याङ गाउँपालिका ओखलढुंगाले जनाएको छ ।