कोरोना सङ्क्रमणको निदान र उपचारको प्रविधि, कोरोनाविरुद्धको भ्याक्सिन र यसप्रतिको जनचासो र जनचेतनाको विकासले गर्दा पछिल्लो समय विश्वभरि कोरोना सङ्क्रमण क्रमशः कम हुँदै गएको छ । यो परिवेशमा दक्षिण एसियामा पनि पछिल्लो समय यसको प्रभाव कम हुँदै गएको छ ।
नेपाल वायु सेवा निगमले ताप्लेजुङ–विराटनगर परीक्षण उडान गरेको छ । उडान बन्द भएको करिब १४ वर्षपछि ताप्लेजुङको सुकेटार विमानस्थलबाट विराटनगर विमानस्थलमा बिहीबार परीक्षण उडान गरेको हो ।
मुलुकमा सुशासन कायम गराउनु सरकारको पहिलो जिम्मेवारी हो । हरेक सरकारले सुशासन कायम गराउने कार्यलाई पहिलो प्राथमिकतामा राख्ने गर्छन् । राजनीतिक दलको घोषणापत्र र सरकारका नीति कार्यक्रममा सुशासनलाई महìव दिइने उल्लेख गरेको भए पनि नेतृत्वको सोच र व्यवहारमा सुशासनलाई महìव नदिने गरेका कारण व्यवहारमा सुशासन निरीह भएको छ । सरकारको नेतृत्वमा रहने र जनप्रतिनिधिको हैसियतमा रहने जिम्मेवार पदाधिकारी भ्रष्टाचारजन्य कार्यसँग जोडिने गरेका कारण अपेक्षित उपलब्धि हासिल हुन नसकेको हो ।
एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा सुरु भएको प्रारम्भिक मत गणनाअनुसार लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा(माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले अग्रता लिएको छ ।
आज संसारभरि अन्तर्राष्ट्रिय दासत्व उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । आजभन्दा ७३ वर्षअघि सन् १९४९ को आजको दिनमा (डिसेम्बर २) संयुक्त राष्ट्रसङ्घको महासभाले व्यक्तिको आवागमन र अन्यको वेश्यावृत्ति शोषणको दमनसम्बन्धी महासन्धि पारित गरेको थियो । यौन शोषण, मानव बेचबिखन, बालश्रमको सबैभन्दा जघन्य रूप, जबरजस्ती विवाह र सशस्त्र द्वन्द्वमा प्रयोगका लागि बालबालिकालाई जबरजस्ती भर्ती गर्नेजस्ता आधुनिक दासत्व अन्त्य गर्न यो अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मुखरित छ । आज संसारमा ४.३ करोड मानिस दास छन् । करिब २५ प्रतिशत दासत्वको चङ्गुलमा बालबालिका रहेको विभिन्न तथ्यले पुष्टि गर्छ ।
मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको सम्बद्ध निकायका अधिकारी र राजनीतिक दलका नेता तथा सरोकारवालाले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रमका वक्ताले अर्थतन्त्र सुधारको बाटोमा अगाडि बढेको भन्दै यसलाई थप चलायमान बनाउन नीतिगत र संरचनागत सुधार आवश्यक रहेको बताए ।
धारिलो हतियार प्रयोग गरी घाँटी काटिएको अवस्थामा मृत फेलापरेकी २१ वर्षीया माया लुहारको हत्यामा सशस्त्र प्रहरीमा कार्यरत गाउँकै एक युवाको हात रहेको प्रहरीको शङ्का छ। भर्खरै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीका रूपमा समेत खटिएकी माया लुहारलाई मृत अवस्थामा भेटिएको थियो। सो घटनामा १५ वर्षीया बालिका नेहा लुहार घाइते अवस्थामा भेटिएको थियो। उहाँको उपचार डडेल्धुरा अपस्तालमा भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा घाइते बालिकाले दिएको बयानअनुसार घटनामा सशस्त्र प्रहरी बलमा कार्यरत गाउँकै स्थानीय युवा भरत कोलीको हात रहेको खुलेको छ।
बिहेको सिजन सुरु भएसँगै बजारमा सुनचाँदीको कारोबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले लगनको सिजन सुरु भएकाले सुनचाँदीको कारोबार बढ्दै गएको जानकारी दिनुभयो । अन्य समयको तुलनामा कारोबारमा ५० प्रतिशतले वृद्धि भएको उहाँले जानकारी दिनुभयो ।
जापान र स्पेन कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । जर्मनी समूह चरणबाटै बाहिरिएको छ ।
तिलोत्तमा उद्योग व्यापार सङ्गठनले आयोजना गरेको दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ सुरु भएको छ । तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र तिलोत्तमा चम्बर अफ कमर्स सहआयोजक रहेको महोत्सव मङ्सिर २६ गतेसम्म चल्नेछ । मेलामा तीन सय स्टल रहेका छन । बिहीबार आयोजित मेला/महोत्सव उद्घाटन समारोहमा उद्यमी व्यवसायीले बैङ्क ब्याजदर र अन्य समस्याका कारण उद्योग व्यवसाय सञ्चालन गर्न कठिन रहेको बताउनुभयो ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–११, कर्जुनामा निर्माण सुरु गरिएको एक औषधि उद्योग सम्पन्न नभई अलपत्र अवस्थामा रहेको छ । औषधि उत्पादनका लागि सरकारी लगानीमै निर्माण गर्न थालिएको सुवर्ण फर्मास्युटिकल्सको भवनलगायतका पूर्वाधारको ८५ प्रतिशत काम सम्पन्न भएको छ तर बाँकी काम सम्पन्न गर्ने र उद्योग सञ्चालन गर्न भने सम्बद्ध निकाय लागि परेको देखिँदैन ।
साङ्गीतिक ब्यान्ड एक्सिसले नयाँ गीत ‘च्याङ्बा’को भिडियो सार्वजनिक गरेको छ । सन् २००० मा स्थापना भएको ब्यान्डले तेस्रो एल्बम ‘घर गाउँ’मा रहेको गीत सार्वजनिक गरेको हो । भैरहवाको लहर ब्यान्डको ओर्जिनल भर्सनको गीतलाई ब्यान्डले नयाँ रूपमा श्रोतामाझ ल्याएको छ ।
बलिउड निर्देशक विशाल देसाईको निर्देशनमा तयार हुने चलचित्र ‘सायरा’ विश्वव्यापी रूपमा प्रदर्शन हुने भएको छ । हालै काठमाडौँमा चलचित्रका प्रस्तुतकर्ता रघु परियारले पावनी फिल्म्सका प्रबन्ध निर्देशक विशाल चौधरीसँग ‘वल्र्डवाइड रिलिज’बारे सम्झौता गर्नुभएको छ । “पावनी फिल्म्सले विश्वभर चलचित्रलाई प्रमोसन गर्नेछ । हामीलाई चलचित्र निर्माणमा यसले झनै मद्दत पुगेको छ,” प्रस्तुतकर्ता परियारले बताउनुभयो ।
सङ्गीतलाई माया गर्ने युवापुस्ताको कमी छैन । सङ्गीतलाई माया गर्नुको साथै परम्परागत बाजा सिक्नमा पनि उत्साहित छन् अहिलेका युवापुस्ता । “हामी युवापुस्ताले संरक्षण नगरे कसले गर्छ” लोकन्थली निवासी प्रनेश श्रेष्ठ भन्नुहुन्छ, “नेवारी संस्कृति, बाजा तथा परम्पराको संरक्षण हाम्रो हातमा छ ।” ख्वप कलेज, भक्तपुरमा इन्जिनियरिङ अध्ययनरत उहाँलाई सधैँ पढ्नको चटारो हुन्छ। तैपनि इच्छा भए उपाय अनेक भनेझैँ साइन्सको विद्यार्थी भए पनि उहाँको बाँसुरी बजाउने दृढ चाहनाले पढाइलाई कुनै रोकतोक गरेको छैन। समय मिलाएर उहाँले बाँसुरी सिक्न थालेको वर्षदिन भइसक्यो। विभिन्न गीत र लयमा बाँसुरीबाट धुन निकाल्नुहुन्छ ।
इटालीका मजदुरको कथा बोकेर ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव भन्ने नाराका साथ भइरहेको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सातौँ दिनमा आइपुगेको छ ।