नेपालमा मानव अधिकार उल्लङ्घनकर्तामाथि कारबाहीमा सरकार कमजोर देखिएको बताइएको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घन गर्नेमाथि कारबाही गर्न सरकारलाई गरेको सिफारिसको अनुपातमा सरकारले कम सङ्ख्यामा कारबाही गरेको पाइएको छ ।
चितवनको इच्छाकामना गाउँपालिकामा आगामी पुसको पहिलो साताबाट अस्पताल सञ्चालनमा आउने भएको छ। गाउँपालिकामा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल सञ्चालन गर्न लागिएको हो। अस्पताल सञ्चालनका लागि अहिले उपकरण जडान, उपचार कक्षहरू तयारी गर्नेलगायतका काम भइरहेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो।
नाम्खा गाउँपालिका – ६ को हिमालपारिको गाउँ लिमीका स्थानीयलाई तीन दिन पैदल हिँडेर योजना सम्झौता गर्नु पर्ने बाध्यता रहेको छ । गाउँपालिकाले लिमीका लागि विकासे योजनाहरूको काम अगाडी बढाउन सम्झौताका लागि सूचना सार्वजनिक गरेपछि लिमीबाट सदरमुकाम सिमकोट तीन दिन पैदल हिँडेर आउनु परेको हो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख दलहरूकै कमजोरीका कारण स्वतन्त्र पार्टीलगायतका नयाँ शक्तिहरूको उदय भएको बताउनुभएको छ। नेपाल प्रेस युनियन चितवनले बिहीबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नयाँ शक्तिको उदयलाई आफूले गम्भीर रूपमा लिएको धारणा राख्नुभयो।
उमेर नपुगी भएको विवाह भोजमा सार्वजनिक पद धारण गर्ने व्यक्ति सहभागी नहुने भएका छन् । बढ्दो बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले परिवारबाट निमन्त्रणा भएको भोज तथा विवाहको अन्य कार्यमा सार्वजनिक पद धारण गर्ने व्यक्ति सहभागी नहुने भएका हुन् । बालविवाह न्यूनीकरण नभएको भन्दै यहाँका सरोकारवाला पक्षले गाउँमा कसैको बालविवाह भएको भए, त्यस्ता स्थानमा आयोजना भएको कुनै पनि कार्यक्रममा सरिक नहुने प्रतिबद्धता जनाएका छन् ।
स्याङ्जा निर्वाचन क्षेत्र नं.२ (क) मा नेपाली काँग्रेसका भोजराज अर्याल विजयी हुनु भएको छ । अर्यालले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मोहन प्रसाद रेग्मीलाई दुई हजार ७३० मतान्तरले पछि पार्दै विजयी हुनु भएको हो ।
सर्लाहीका विभिन्न भित्री सडकमा धुलोका कारण सर्वसाधारण हैरान भएका छन्। जिल्लाको पूर्व–पश्चिम हुलाकी राजमार्गसहित अन्य भित्री सडकहरूमा अहिले असाध्य धुलो उड्ने गरेको छ। जसले गर्दा स्थानीयलाई आवतजावत गर्न निकै समस्या भइरहेको छ भने धुलोकै कारण उनीहरू बिरामी पर्न थालेका छन्।
मधेश प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको मतगणना सकिएलगत्तै सरकार नेतृत्वको चर्चा चल्न थालेको छ। मधेश सरकार कुन दल र कसको नेतृत्वमा बन्ने कुरा चिया पसलदेखि दुई/चार जनाको जम्काभेटमा समेत चल्ने गरेको छ। मधेश प्रदेश प्रत्यक्षतर्फको मतगणनाअनुसार सत्ता गठबन्धनले सामान्य बहुमत प्राप्त गरेको छ तर दलको हिसाबमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेका छन्। समानुपातिकको मत गन्न बाँकी नै छ। समानुपातिक मत परिणामको आधारमा पाउने सङ्ख्या यकिन भइसकेपछि मात्र पहिलो दल छुट्याउन सकिन्छ।
संसद् प्रवेशका लागि भएको चुनावी प्रतिस्पर्धामा तेस्रो पटकमा सफलता प्राप्त गर्नुभएकी प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य भगवती चौधरीले आफूले कृषिलाई व्यवसायिक र निर्यातमुखी बनाउन प्रयास गर्ने बताउनुभएको छ। सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई तेस्रो पटकमा पराजित गर्दै सांसद बन्नुभएकी नेकपा एमालेकी नेत्री चौधरीले महिलालाई आत्मनिर्भर, स्वरोजगार बनाउने अभियानमा आफ्नो प्राथमिकता रहने बताउनुभएको छ।
मोरङको कानेपोखरी–६, सुन्तली गाउँका पूर्ण दृष्टिविहीन सुब्बा दम्पतीले राज्यबाट अपहेलित भएको गुनासो गर्नुभएको छ। दुवै जना पूर्ण दृष्टिविहीन भए पनि सरकारले अपाङ्गताको रातो परिचयपत्र नदिएको उहाँहरूको भनाइ छ। पूर्ण दृष्टिविहीनलाई सरकारले पूर्ण अपाङ्गता भएको मान्दैन। अर्काको सहारामा हिँड्ने र खानेलाई मात्र रातो परिचयपत्र दिने र त्यस्ता व्यक्तिलाई मासिक चार हजार रुपियाँ दिने कानुनी व्यवस्था छ। दृष्टिविहीन सागरराज सुब्बा तीन वर्षअघिसम्म सरकारी विद्यालयमा पढाउनुहुन्थ्यो। धरानको शहीद स्मृति माविमा २२ वर्ष पढाउनुभयो तर पनि उहाँ स्थायी हुन सक्नुभएन। त्यसपछि ‘गोल्डेन हेन्डसेक’ लिएर जागिरबाट अवकाश लिनुभएका सुब्बा यतिबेलाको दैनिकी कष्टपूर्ण भएको बताउनुहुन्छ। सरकारले दिएको छ लाख ६७ हजार रुपियाँ उहाँले घरखेत जोड्नमा खर्चिनुभयो। घरखेत जोड्नुभयो तर जागिर छैन।
बाजुराको प्रतिनिधि सभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार बद्री पाण्डे एक हजार २६९ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ । पाण्डेको पाँच हजार ३९९ मत छ , भने नेकपा एमालेका कर्णबहादुर थापाले चार हजार १३० प्राप्त गर्नु भएको छ ।
मुलुकमा महिला हिंसाको फेहरिस्त लामै हुन्छ । कतिपय सार्वजनिक हुन्छन्, कति बाहिर नै आउँदैनन् । महिलाविरुद्ध अनेक खालका हिंसा हुने गरेका छन् र सबै हिंसालाई अपराधका रूपमा लिन नचाहने सामाजिक परम्परा झनै विकराल छ । राज्यका दृष्टिमा परिसकेका घटनामा समेत न्याय पाउन कठिन भएको देखिएको छ । केही वर्षअघि निर्मला पन्तको बलात्कार तथा हत्याबाट समग्रमा मुलुक नै शोकमा डुबेको थियो । सो घटनामा न्याय मिलेको छैन । अपराधी पत्ता लागेको छैन । त्यसैले उनको हत्यारा अझै पक्राउ पर्न सकेको छैन । यसैगरी मुलुकका विभिन्न भागमा अन्य थुप्रै बालिका, किशोरी एवं महिलाविरुद्ध हिंसाका घटना सार्वजनिक भइरहेका छन् । यी सबै घटनाले नेपालमा महिला यौनजन्य हिंसामा भइरहेको बढोत्तरीतर्फ सङ्केत गरिरहेको विषयलाई बेवास्ता गर्न सकिँदैन ।
आमनिर्वाचन –२०७९ को परिणाम धेरैका लागि अप्रत्यासित र आश्चार्यजनक रह्यो । प्राप्त परिणामले कसैलाई हौस्याएको छ भने कसैलाई शिथिल तुल्याइदिएको छ । निर्वाचनले दिएको सकारात्मक सन्देश हो –युवा वर्गको राजनीतिप्रतिको लगाव । राजनीतिमार्फत शासन व्यवस्थामा फेरबदल आओस् भन्ने उत्कट अभिलाषा युवा जमातले देखायो । विगतमा कहिल्यै चासो नराख्ने युवा पुस्ताले यस पटक हस्तक्षेपकारी भूमिकामा आफूलाई उभ्याएको छ । यो लोकतन्त्रका लागि सुखद पक्ष हो । यसले राजनीतिक दलप्रति युवा वर्गले वितृष्णा देखाउलान् कि भन्ने भयले आक्रान्त जमातलाई राहत पुगेको छ । परिवर्तन ब्यालेटबाटै सम्भव छ भन्ने विश्वास थप मजबुत भएको छ । अब परिवर्तनका लागि बन्दुक बोक्ने जमाना गए । कल्कलाउँदो उमेरका किशोरकिशोरीलाई बन्दुक बोक्न लगाउने प्रवृत्ति पनि अब पराजित भएको छ । परिवर्तन ब्यालेटबाटै हुन सक्छ भन्ने भाष्य निर्माणमा यो निर्वाचन कोसेढुङ्गा साबित भएको छ ।
कोरोना सङ्क्रमणको निदान र उपचारको प्रविधि, कोरोनाविरुद्धको भ्याक्सिन र यसप्रतिको जनचासो र जनचेतनाको विकासले गर्दा पछिल्लो समय विश्वभरि कोरोना सङ्क्रमण क्रमशः कम हुँदै गएको छ । यो परिवेशमा दक्षिण एसियामा पनि पछिल्लो समय यसको प्रभाव कम हुँदै गएको छ ।
नेपाल वायु सेवा निगमले ताप्लेजुङ–विराटनगर परीक्षण उडान गरेको छ । उडान बन्द भएको करिब १४ वर्षपछि ताप्लेजुङको सुकेटार विमानस्थलबाट विराटनगर विमानस्थलमा बिहीबार परीक्षण उडान गरेको हो ।