• १२ असोज २०८१, शनिबार

स्याङ्जा २ (क) मा काँग्रेसका भोजराज अर्याल विजयी

blog

राधाकृष्ण डुम्रे

वालिङ, मङ्सिर १६ गते । स्याङ्जा निर्वाचन क्षेत्र नं.२ (क) मा नेपाली काँग्रेसका भोजराज अर्याल विजयी हुनु भएको छ । अर्यालले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मोहन प्रसाद रेग्मीलाई दुई हजार ७३०  मतान्तरले पछि पार्दै विजयी हुनु भएको हो । 

अर्यालले  १५ हजार १६१ मत ल्याउनु भयो भने रेग्मीले १२ हजार ४३१  मत ल्याउनु भयो । रेग्मी गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य समेत रहनु भएको छ । रेग्मीले २०७४ सालमा सोही क्षेत्रबाट ३ हजार बढी मतान्तरले विजयी हुनु भएको थियो । विवादका कारण मतदान भएको १० दिन पछि यो क्षेत्रका मतगणना भएको हो ।

स्याङ्जा २ मा गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्बर ५, ६, ७ र ८ र वालिङ नगरपालिकाका १,२,५,६,७ ८ ९,१०,११,१२,१३ र १४ नम्बर वडा पर्दछन् । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी छ ।