• १२ असोज २०८१, शनिबार

घरमाथि रुख ढल्यो

blog

लहान–२ मिलनचोकस्थित भवरा नहरको किनारको एक घरमा वरको रुख ढलेपछि । तस्बिरः जीवछ यादव

जीवछ यादव

लहान, असोज १२ गते । अविरल वर्षाले लहान नगरपालिका–२ मिलनचोकस्थित भवरा नहरको किनारमा रहेको बरको रुख घरमा ढलेपछि दुई परिवारको बिचल्ली भएको छ ।  

भवरा नदीको किनारमा बसेका सुकुम्वासीका दलित समुदाय समस्यामा परेका छन् । शनिबार वर्षा भइरहेको समयमा ठुलो वरको रुख दिनेश यादव र श्यामलाल यादवको घरमा खसेपछि दुई परिवारका सदस्यहरू घर छाडेर वर्षाको समयमा अरूको घरमा शरण लिनुपरेको छ ।  

रुख नहटाउँदा घरमाथि लड्यो भने घर नै बरबाद हुने भयले दुवै परिवारले लहान वडा १ र २ का वडाध्यक्ष डिभिजन वन कार्यालय लहानमा सम्पर्क गरेर रुख हटाउन हारगुहार मागिरहेको पीडित श्यामलाल यादवले बताउनुभयो ।  

भवरा नदीको किनारमा वडा १ र २ बाट बग्ने भवरा नदीमा पानीको उच्च चाप बढ्न थालेपछि घरमा पानी पस्ने भय स्थानीयमा भएको छ । स्थानीय गेनादेवी सदायका अनुसार सय घरभन्दा बढी रहेका विपन्न सुकुम्वासी बस्तीको सुरक्षित आवासका लागि प्रत्येक वर्ष समाधानका लागि आवाज उठाए पनि सुनुवाइ नभएको स्थानीयको भनाइ छ ।