• १२ असोज २०८१, शनिबार

पहिरोले गोठ पुर्दा महिलाको ज्यान गयो

blog

नवराज श्रेष्ठ

रामेछाप, असोज १२ गते । अविरल वर्षासँगै आएको पहिरोले गोठ पुर्दा रामेछापको रामेछाप नगरपालिका –६ च्यास्कु दारिम बोटमा एक महिलाको ज्यान गएको छ ।

शनिवार दिउँसो माथिबाट खसेको पहिरोले गोठ पुर्दा गोठमा भैँसी र बाख्रा फुकाउँदै गरेकी ५४ वर्षकी धनमाया मगरको ज्यान गएको सोही वडाका वडा अध्यक्ष राजेश तामाङले जानकारी दिनुभयो । 

वडा अध्यक्ष तामाङका अनुसार पहिरोले गोठ पुर्दा एउटा भैँसी र ११ वटा बाख्रा पनि मरेका छन् । दोरम्बा शैलुङ गाउँपालिका –५ मा पनि पहिरोमा परी ४ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी सुरक्षित स्थानमा लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो ।