त्रिभुवन विश्वविद्यालयले विभिन्न तहमा लिइएको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने २८ जना विद्यार्थीलाई दीक्षान्त पदक प्रदान गर्ने भएको छ । शनिबार गोरखापत्र दैनिकमा पदक पाउने विद्यार्थीहरूको नामावली प्रकाशन गर्दै पदक दिने जनाएको हो ।
म बुकी फूल, अविश्राम देखिरहेछु सामुन्नेमा गीतका आलापहरूलाई परेलाको तुवाँलोले पुरिदिएको छ ठिही जमेको छ आँखामा र, बगेको छ गीतमा मिसिएर उज्यालोमा भुन्भुनाउने जीवका आहार बने कि ध्वनिहरू !
आकाशमा दिनहुँ उडी रहेका छन् मौरीहरू आफू जन्मेको थात थलो छाडेर घार खाली गर्दै
सन् २०१६ को अक्टोबर अन्त्यतिर छोरा वसन्तसँग युरोप भ्रमणमा निस्किएका थियौँ । प्रसङ्ग थियो– बेल्जियममा नेवारी परिकारसम्बन्धी सचित्र पुस्तकको लोकार्पणको । यही मेसोमा अमेरिका बस्दै आउनुभएका नेपाली पप गायक गायिका सञ्जीव प्रधान र नलिना चित्रकारसँग बेल्जियममा भेट भयो । बेल्जियमको एन्ट्वर्पमा त्यहाँको पासापुचः बेल्जियमले आयोजित म्ह पूजा एवं पुस्तक लोकार्पणको कार्यक्रम भ्याएर हामी स्पेनको बार्सिलोना गयौँ । त्यसो त युरोपेली क्लबस्तरीय फुटबल प्रतियोगितामा सानो छोरा प्रशान्त र म बार्का उर्पm बार्सिलोना क्लबको फ्यान हौँ । स्पेनको बा
नरजित राई नेपाली साहित्याकाशमा स्वच्छन्द उडानका लागि गन्तव्य खोज्दै गरेका साहित्यिक व्यक्तित्व हुनुहुन्छ । ‘आकाश खोज्दै जाँदा’, ‘समुद्रमाथिको सहर’, ‘मनोविम्ब’, ‘नसकिने बाटो’ तथा ‘मनका नदीहरू’जस्ता कृतिका सर्जक राईको जन्म खोटाङ, स्थायी बसोबास झापा र आजीविका हङकङमा रहेको छ । त्यसैले उहाँका सिर्जनामा जन्मस्थलको सुगन्ध, कर्मस्थलका रहर र कहर तथा बासस्थलको गौरव एकसाथ प्रतिविम्बित भएका छन् ।
याे वर्ष (विसं २०७९) शरद ऋतु (अटम सिजन)को हिमाल आरोहण गर्ने समय सकिएको छ । यो बेला हिमाल आरोहणको क्षेत्रमा विगतका वर्षभन्दा धेरै नै प्रगति भएको छ । शरद ऋतुमा नेपालका हिमालमध्ये ४१ वटा हिमाल आरोहण गर्न विश्वका ७७ देशका एक हजार २३८ जना पर्वतारोहीले अनुमति लिएका थिए । यसरी हेर्दा हिमालका सन्दर्भमा हामी नेपाली धेरै धनी रहेका छौँ ।
कर्णालीमा एउटा भनाइ छ– मानसरोवर ताउलो, रारा ताल थाल र गिडी ताल बटुको हो । यस भनाइबाट के प्रस्ट हुन्छ भने मानसरोवर धार्मिक रूपमा धेरै महìव बोकेको र ठूलो ताल हो । त्यसैले यस ताललाई ताउलो (डेक्ची)सँग तुलना गरिएको छ । नेपालकै ठूलो ताल रारा हो । यस ताललाई थालीसँग तुलना गरिएको छ । रारा तालको पूर्वमा छायानाथ, ऋणमोक्ष र थार्पा मष्टो धार्मिक पीठ छन् । तेस्रो कोटीमा पर्ने गिडी ताललाई बटुको (कचौरा)सँग तुलना गरिएको छ । गिडी तालनजिक स्वामी कार्तिक ठाकुरज्यू, भुरीचुला माई, गणेश गुफा, नाचलढुङ्गीजस्ता धार्मिक स्थल छन् ।
अपाङ्गता भएका व्यक्तिहरूको ३१ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिनुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन एवं संरक्षण गर्न संयुक्त राष्ट्र सङ्घको अग्रसरतामा ३० वर्ष अघि देखि यो दिवस मनाउँदै आएको छ ।
संसारका सबै देशमा आआफ्नो परम्पराअनुसार वर्षैभरि विभिन्न प्रकारका चाड मनाउने चलन छ । फरक–फरक समयमा मनाइए पनि कतिपय चाड एकअर्कासँग मिल्दाजुल्दा छन् । आमाको मुख हेर्ने चाडजस्तै आमा दिवस अमेरिकामा सन् १९०८ मे महिनाको दोस्रो आइतबार र बाबुको मुख हेर्ने चाडजस्तै बाबु दिवस सन् १९१० को जुन महिनाको तेस्रो आइतबार सुरु भएको हो । त्यहाँ हजुरबा–हजुरआमा दिवस पनि मनाइन्छ । यी परम्परा बिस्तारै संसारका प्रायः देशमा पैmलँदै गए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।
सन् १९९४ को विश्वकपमा कोलम्बियालाई राम्रो टिमका रूपमा लिइएको थियो तर आन्द्रेइ स्कोबार नामका खेलाडीले गरेको आत्मघाती गोलले कोलम्बिया पहिलो चरणबाटै बाहिरिनु प-यो । पराजय बेहोरेर देश फर्केलगत्तै स्कोबार मारिए । कोलम्बियामा फुटबल खेलाडी स्कोबार मात्र नभई अर्का एक स्कोबार पनि थिए । उनी ड्रग डिलर थिए । उनको नाम पाब्लो स्कोबार थियो । यी दुवै स्कोबारलाई एउटै कथामा उनेर एउटा सिनेमा बनाइएको थियो । सिनेमाको नाम ‘द टु स्कोबार्स हो ।
कैलालीमा प्रदेश सभातर्फ उम्मेदवारी दिएका ४४ जना उम्मेदवारको जमानत जफत भएको छ।
स्थानीय तहको नेतृत्व गरेका केही जनप्रतिनिधि कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा यसअघि स्थानीय तहको नेतृत्वमा रहेका चार नेता प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। कर्णाली प्रदेशको प्रत्यक्षतर्फ २४ निर्वाचित सदस्यमध्ये चार जनाले अघिल्लो पटक स्थानीय तहको नेतृत्व गरेका छन्। चार जनामध्ये दुई जना पूर्वजिल्ला समन्वय समिति प्रमुख र दुई जना पूर्वनगरपालिका प्रमुख रहेका छन्। सल्यानको प्रदेश सभा (ख)बाट सुरेश अधिकारी निर्वाचित हुनुभएको छ। उहाँ शारदा नगरपालिकाका पूर्वप्रमुख हुनुहन्छ। त्यस्तै दैलेखको प्रदेश सभा (क)बाट घनश्याम भण्डारी निर्वाचित हुनुभएको छ। उहाँ दुल्लु नगरपालिकाका पूर्वप्रमुख हुनुहुन्छ।
‘स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइकल’ भन्ने नाराका साथ साइकल सिटी पोखराको आयोजनामा छैटौँ संस्करणको ‘टुर दी पोखरा’ कार्यक्रम गरिने भएको छ। आउँदो पुस ७ देखि ९ गतेसम्म सञ्चालन हुने यस कार्यक्रममा सहभागी हुन खेलाडीका लागि शनिबारदेखि आवेदन खुला हुने भएको छ। आवेदन दर्ता गर्न साइकल सिटी पोखराले तोकेको स्थान तथा माध्यमबाट व्यवस्था मिलाएको टुर दी पोखराका संयोजक राजन गोङ्गजुले बताउनुभयो।