• १२ असोज २०८१, शनिबार

देवघाटधाममा बाढी पस्यो, सयौँ घर डुबानमा

blog

देवघाटधाम क्षेत्रमा त्रिशूली नदीमा आएको बाढीले पारेको डुबान । तस्विरः शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, असोज १२ गते । त्रिशूली नदीमा आएको बाढी धर्मशालामा पसेको छ । भरतपुर महानगरपालिका–१ देवघाटमा बाढी पसेपछि प्रहरीले एक सयभन्दा धेरैको उद्धार गरेको जनाएको छ । 

देवघाटधामको चितवनतर्फ रहेको रोटरी करुणालय आश्रम, हरिकीर्तन धर्मशाला, शिव मन्दिर, मारवाडी सेवा समितिलगायतको आश्रमबाट उद्धार गरिएको  प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धारको काम जारी रहेको जनाएको छ । 


देवघाटको त्रिशूली नदी क्षेत्रका सबै धार्मिक आश्रमहरू त्रिशूली नदीले डुबाएको छ । केही आश्रमलाई भत्काएको छ । बाढीको प्रभाव अझ वृद्धि भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो । कुटी, आश्रम तथा घरहरू गरेर एक सयभन्दा धेरै डुबानमा परेका छन् ।