मलखादको समस्या झेल्दै आइरहेका सिराहाका किसानहरू यतिबेला धानको मूल्य नपाउँदा चिन्तामा परेका छन् । धानबाली भित्र्याएर गहुँबाली लगाउन र घरायसी समस्या टार्न किसानाहरु धान बिक्री गर्न जाँदा धान खरिद बिक्री केन्द्र (चटी) बालाहरूले सस्तो मूल्यमा धान खरिद गर्दा कृषक मारमा परेका हुन् ।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रङ्गरोगन र सरसफाइ सुरु गरेको छ ।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले शुक्रबार आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका छन् । देशको सबै भागलाई प्रतिनिधित्व गराउने अभिप्रायले दुईजना उपप्रधानमन्त्री नियुक्त गरेका छन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले अग्रता कायमै राख्नुभएको छ । आज मध्यान्हसम्मको गणनाअनुसार कार्की १ हजार ९५ मतले अगाडि रहनुभएको छ ।
अफगानिस्तानका लागि पाकिस्तानी राजदूत ओबैद उर रहमान निजामानी अफगानिस्तानको राजधानी काबुलमा भएको बन्दुक आक्रमणमा जोगिएका छन् ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सुखद नरहेको बताउनुभएको छ । दलहरूमाथि प्रश्न उठनेगरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको उहाँको भनाइ छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको समग्र विकास, जनताको आर्थिक समृद्धि र रोजगारी सृजनाको लागि विशेष योजना बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन परिणामले नेपाली कांग्रेस पहिलो शक्ति बनेकाले नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ ।
नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका संस्थापक अध्यक्ष तथा मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष समेत रहनुभएका वरिष्ठ पत्रकार शिवहरि भट्टराईको गएराति निधन भएको छ ।
बाजुरा जिल्लाको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले तीन हजार २६१ मतान्तरले अग्रता कायमै छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको मतगणनाको काम सकिएको छ । मतगणना सम्पन्न भएसँगै काभ्रेपलाञ्चोक जिल्लामा जनमतको हिसाबले नेकपा एमाले पहिलो पार्टी बनेको छ ।
झापाको अर्जुनधारा नगरपालिका वडा नंं. ४ स्थित भाङवारिमा भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ । बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक पाँचथर फिदिम १ का ३५ वर्षीय गङ्गाराम काफ्लेको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्बद्र्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र प्राथमिकतायुक्त पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ ।