• १३ साउन २०८१, आइतबार

वरिष्ठ पत्रकार शिवहरि भट्टराईको गएराति निधन

blog

ललिता साह 

बोदेबसाईन (सप्तरी), मङ्सिर १७ गते । नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका संस्थापक अध्यक्ष तथा मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष समेत रहनुभएका वरिष्ठ पत्रकार शिवहरि भट्टराईको गएराति निधन भएको छ ।     

नेपाल पत्रकार महासङ्घ, सर्लाही शाखाको आमन्त्रणामा जिल्ला शाखाको साधारणसभा शनिबार हुनगइरहेको जिल्ला शाखाको साधारणसभाको लागि शुक्रबार सर्लाही पुग्नुभएका वरिष्ठ पत्रकार भट्टराईको सुत्ने कोठा भित्रै शनिबार बिहानै वहाँको पार्थिव शरीर मृत अवस्थामा भेटेको नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशको अध्यक्ष राजेश कर्णले जानकारी दिनुभयो ।

सर्लाहीकै अस्पतालमा पोस्टमार्टम पश्चात् शनिबार नै सप्तरीको राजविराज –७ स्थित रहेको जन्मघर ल्याएर उहाँको पार्थिव शरीरलाई अत्येष्टी गरिने नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका अध्यक्ष श्रवण देवले जानकारी गराउनुभएको छ ।

सर्लाहीको लालबन्दीदेखि ८ किमी उत्तरमा रहेको पथ्थरकोट भन्ने स्थानमा होटल होलीमा राति सुतिरहेको अवस्थामा ह्रदयघातका कारण देहान्त भएको देखिन्छ ।

''बिहान अरू साथीहरू चिया खान निस्किँदा उहाँको खोजी भयो र उहाँकै ड्राइभरलाई बोलाउन कोठातिर पठाउँदा भित्रबाट चुकुल लागेकै थियो । उहाँ राति सुत्ने कोठामा एक्लै हुनुहुन्थ्यो, निधन भएको कोठामा रगतकाे उल्टी अत्यधिक मात्रामा भएको र उहाँले सेवन गर्दै आउनुभएका औषधिहरू कोठाभरी छरिएको बाहिरबाटै खुलेको र हेर्न मिल्ने एउटा भ्यालबाट सबै दृश्य देख्दा कोठा खोलेर हेर्दा वरिष्ठ पत्रकार भट्टराईको निधन भइसकेको रहेछ ।'' अध्यक्ष कर्णले बताउनुभयो ।

विगत चार दशकदेखि सप्तरीको पत्रकारितामा उहाँको सक्रिय योगदान रहँदै आएको र पछिल्लो समय मधेस प्रदेश सरकारले उहाँलाई मिडिया काउन्सिलको अध्यक्ष को जिम्मेवारीमा नियुक्त गरेको थियो । वरिष्ठ पत्रकार भट्टराईले आफ्नो पत्रकारिताको जीवनकालमा दर्जनौँ पुरस्कार तथा कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कार पनि प्राप्त गरिसक्नुभएको थियो ।