• १२ असोज २०८१, शनिबार

झापामा दुर्घटनामा एकको मृत्यु

blog

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर १७ गते । झापाको अर्जुनधारा नगरपालिका वडा नंं. ४  स्थित भाङवारिमा भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ । बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक पाँचथर फिदिम १ का ३५ वर्षीय गङ्गाराम काफ्लेको ज्यान गएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति बागमती प्रदेश ०२–०१८ प ८३८५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा काफ्ले गम्भीर घाइते बन्नुभएको थियो । घाइतेको तत्कालै उद्धार गरेर बिर्तामोडस्थित बिर्तासिटि अस्पतालमा बिर्तामोड पुगेपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटना भएको सोही मोटरसाइकलमा सवार ४० वर्षीय मिलन बस्नेत घाइते बन्नुभएको छ । उहाँको अवस्था गम्भीर रहेको र बिर्तासिटी अस्पतालमा उपचार भइरहेको पनि प्रहरीको भनाइ छ ।