प्रदेश १ का पाँचथर, इलाम र ताप्लेजुङ जिल्लास्थित उच्च पहाडी क्षेत्रमा कुनै बेला वन्यजन्तुको सिकार गर्ने समुदायका सदस्य पछिल्लो समय आफैँ संरक्षणका लागि अग्रसर भएका छन्। स्थानीय स्वयंले संरक्षण गर्न थालेपछि पाँचथरका याङवरक र फालेलुङसहित भारत र सिक्किमसँग सिमाना जोडिने इलाम र ताप्लेजुङका उच्च पहाडी क्षेत्रमा हाब्रे (रेडपान्डा) देखिन थालेका छन्।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–८ बाट करिब ४८ वर्ष पहिले हराएको शाक्यमुनि बुद्धको मूर्ति पुनः बनेपा फर्काइएको छ। पुरातत्व विभाग र बनेपा नगरपालिकाको पहलमा राष्ट्रिय सङ्ग्रहालयमा राखिएको उक्त मूर्तिलाई ४८ वर्षपछि पुनः बनेपा ल्याइएको हो। २०३१ सालमा बनेपा नगरपालिका–८, बहीटोलबाट शाक्यमुनि बुद्धको मूर्ति हराएको थियो।
पाँच वर्षसम्म पनि प्रदेश सभाको भवन निर्माण हुन नसक्दा बागमती प्रदेश सभाको दोस्रो कार्यकालको सुरुका बैठक साँघुरो भवनमा नै सञ्चालन हुने भएको छ। देश सङ्घीय संरचनामा गए पनि गठन भएको प्रदेश सभाको पहिलो पाँचवर्षे अवधिमा समेत प्रदेश सभा भवन निर्माण सम्पन्न नभएका कारण प्रदेश सभाको दोस्रो कार्यकालको काम पनि साँघुरो भवनबाटै गर्नुपर्ने बाध्यता सिर्जना भएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालयमातहतका निकायलाई निर्देशन दिनुभएको छ।
सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकको नियुक्तिमा प्रहरी नियमावलीअनुसारको अङ्क गणना मात्र आधार मान्न नमिल्ने व्याख्या गरेको छ।
नेपाली समाजमा विविध खाले संस्कृति रहेका छन् । समाजमा खासगरी जातीय, धार्मिक, सांस्कृतिक, भाषिक विविधता देख्न सकिन्छ । त्यसैअनुरूप संस्कृतिको पनि विकास भएको छ । वास्तवमा नेपाली समाजमा विविधताभित्र एकता र एकताभित्र अनेकता देख्न सकिन्छ । संस्कृति मानिसको जीवनशैली हो । कुनै पनि मानिसले सिर्जना गरेका भाषा, कला, व्यवहार, प्रविधि, चिन्तन, साहित्य, आविष्कार आदि सबैलाई हामी संस्कृति भन्दछौँ । संस्कृतिको दृष्टिकोणबाट समाजलाई हेर्ने हो भने नेपाली समाजमा विविधता र बहुलता देखिन्छ । विविधतामा हिमाल, पहाड र तराई क्षेत्रमा बसोवास गर्ने बासिन्दाको धर्म, संस्कृति, व्यवहार, ज्ञान, सीप, मूल्य र मान्यता पर्छन् । कतिपय संस्कृति हराएर गइसके भने कतिपय रूपान्तरणसमेत भएका छन् । कतिपय लोपोन्मुख अवस्थामा छन् ।
विद्यालय तथा जिल्लास्तरीय हाजिरीजबाफ प्रतियोगितामा नवलपरासीका रमेश पराजुली सहभागी छन् भनेपछि सबैले भन्थे, “मेडल त त्यसैले लान्छ ।” हुन पनि त्यस्तै हुन्थ्यो, रमेश सहभागी समूूहले प्रथम वा द्वितीय पुरस्कार सधैँ नै जित्थ्यो । यो देखेर घरपरिवार र आफन्तले “तँ घुम्ने कुर्सीमा बस्नुपर्छ” भनेर प्रोत्साहित पनि गर्नुहुन्थ्यो । आखिर भयो त्यही ।
संयुक्त परिवारमा अभ्यस्त नेपाली समाज भौतिकवाद र पुँजीवादको उत्कर्षका रूपमा रहेको एकाङ्गी जीवनशैली पछ्याउँदै छिन्नभिन्न भइरहेको छ । अब न छोराछोरी आफूसँग बसून् भन्ने चाहना हुन्छ न त बाबुआमालाई आफूसँग राखौँ वा आफू बाबुआमासँग बसौँ भन्ने सोच हुन्छ । यो पुस्तामा देखा परेको द्रव्य मोह र विलासी जीवनशैलीको चाहनाले न छोराछोरीप्रतिको जिम्मेवारी प्राकृतिक रूपमा निर्वाह गर्न रुचाउँछन्, न त बाबुआमाप्रतिको दायित्व निर्वाहलाई नै पछ्याउँछन् ।
दोलखामा प्रारम्भिक मत गणनाअनुसार लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीको अग्रता कायमै रहेको छ ।
उजेली दिदीका बाबुआमाका तीन जना छोरी थिए । छोरा जन्मिएन भन्ने चिन्ता उनका बाबुलाई भन्दा आमालाई र अझ चर्को गाउँघरका महिला दिदीबहिनीलाई नै थियो । उनीहरू भन्ने गर्थे– यो त छोरी जन्माउने सन्तानकी रहिछ, यसबाट छोरा त के होऊन् । गाउँघरका छोरा मान्छेहरू अर्को विवाह गरेमा छोरा जन्मिन्छ भन्ने सल्लाह दिन्थे । छोरा जन्माउने आशामा अर्को गर्भधारण गरेकी उनकी आमा बच्चा आग्लो (तेर्सो) परेकाले प्रश्रव पीडामा नै मृत्युको मुखमा पुगेकी थिइन् । त्यतिबेला आजभोलिजस्तो अस्पतालको सुविधा थिएन । पेटको बच्चा पनि रहेन, जुन छोरा रहेछ भन्ने मलामीबाट फर्केका आफन्तबाट थाहा भयो ।
काठमाडौँ, मङ्सिर १७ गते । परालका कुन्यू (मचान) : डोटीको शिखरनगरपालिका–५ पचनालीका किसानहरूले आ–आफ्नो खेतमा बनाएका परालका कुन्यू ।किसानलाई धान भित्र्याउन चटारो : महोत्तरीको एकडारा गाउँपालिकास्थित खेतमा थ्रेसरको सहायताले धान झार्दै किसान । धान बताउँदै किसान : सुर्खेतको वीरेन्द्रनगर–९, पर्सेनीका किसान खेतमा धान बताउँदै । भित्र्याउने क्रममै धान र भुस खेतमा छुट्टाएर लैजाँदा आफूलाई सहज हुने किसान बताउँछन् । तस्बिर: रासस
चलचित्र ‘गुञ्जन’को पहिलो गीत ‘सास चल्छ’ सार्वजनिक भएको छ । प्रविशा अधिकारी र आरिफ रफको स्वर रहेको गीतमा कर्णराज कार्कीले सङ्गीत दिनुभएको छ । प्रेमिल थिममा तयार पारिएको गीतमा सारा सिर्पाली र प्रीतमराज सेन्चुरीको रोमान्स देख्न सकिन्छ ।
भारती खरेल प्रतिष्ठानले विभिन्न व्यक्तिलाई पुरस्कृत गरेको छ । समाजसेवी तथा साहित्यकार भारती खरेलको ८५औँ जयन्ती तथा ३०औँ स्मृति दिवसका अवसरमा प्रतिष्ठानद्वारा शुक्रबार यहाँ आयोजित पुरस्कार समर्पण कार्यक्रममा वरिष्ठ गीतकार किरण खरेललाई साहित्य सिर्जना क्षेत्रमा सम्मानपत्र र नगद राशि ५१ हजार रुपियाँसहित ‘भारती खरेल स्मृति पुरस्कार–२०७७’ प्रदान गरियो । त्यसैगरी समाजसेवाका लागि वरिष्ठ समाजसेवी श्रीमती अनुराधा कोइरालालाई ‘भारती खरेल स्मृति पुरस्कार–२०७८’ प्रदान गरियो । कोइरालाको अनुपस्थितिमा उहाँको पुरस्कार माइती नेपालका कार्यकारी निर्देशक विश्व खड्काले ग्रहण गर्नुभयो ।
अपनत्व नलिने र क्षमता नबन्दै कार्यक्रम समावेश गर्ने प्रवृत्तिले बजेट कार्यान्वयन हुन नसकेको सरोकारवालाले बताएका छन् । नेपाल उद्योग परिसङ्घले शुक्रबार आयोजना गरेको बजेट वाच कार्यक्रमका सहभागीले बजेट निर्माण मात्रै बढी प्राथमिकतामा पर्ने अवस्थाले पनि बजेट कार्यान्वयन छायामा परेको उल्लेख गरेका हुन् ।
अर्जेन्टिना र अस्ट्रेलिया एकअर्काविरुद्ध विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा भिड्दै छन्। यति बेला अस्ट्रेलियाका खेलाडीहरूको मनमस्तिष्कमा अर्जेन्टिनाका हस्ती लियोनेल मेसी मात्र छन्। यस विश्वकपमा चम्केका अस्ट्रेलियाली फरवार्ड म्याथ्यु लिकी भन्नुहुन्छ, “मेसीले फुटबलको मैदानमा गर्ने काम अरूले गर्नै सक्दैन।” अस्ट्रेलियाका डिफेन्डर मिलोस डेगेनले आफूहरू विश्वकपको मैदानमा सम्भवतः विश्वकै महान् फुटबलरविरुद्ध खेल्न गइरहेको भनाइ राख्नुभयो।