परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घका शान्ति सेना परिचालनसम्बन्धी उपमहासचिव जँ पिए लाख्वासँग भेट गर्नुभएको छ ।
लोकतन्त्रमा आवधिक निर्वाचनलाई महत्वपूर्ण खम्बा मानिन्छ । नेपालको संविधान जारी भएपश्चात् दोस्रो पटक स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० तथा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन २०७९ मङ्सिर ४ गते सम्पन्न भएको छ ।
सर्लाहीको हरिपूर्वा नगरपालिका–५, मा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
केही वर्षअघिको भाइरस आतङ्कले तहसनहस पारेको समाज शान्त हुन नपाउँदै फेरि एकातिर गाँजा क्षेत्रमा इजरायल प्यालेस्टाइन युद्ध र अर्कोतिर रुस–युक्रेन युद्धको डरलाग्दो परिस्थितिले मानव समाजलाई त्रसित बनाइरहेको छ ।
अमेरिका, असोज १० गते । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्दै मिलेनियम च्यालेन्ज कर्पोरेशन [एमसिसी] का कार्यकारी प्रमुख एलिस अल्ब्राइट । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय
रञ्जना सिनेप्लेक्सले बुधबार क्युएफएक्स सिनेमालाई २–१ ले हराएर प्रथम अन्तरसिनेमा फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
चलचित्र ‘प्रेम गीत ३’ ओटिटी प्लेटफर्म ‘सिनेमाघर एप’ मार्फत सार्वजनिक गरिएको छ ।
न्याय परिषद् नियमावली संशोधन विवाद निरूपण नगरी न्यायाधीश नियुक्ति गर्न थालिएको भन्दै नेपाल बार एसोसिएसनले न्याय परिषदविरुद्ध आन्दोलन घोषणा गरेको छ ।
गोरखामा अरिङालले टोक्दा एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा अजिरकोट गाउँपालिका – ५ कुसुन्डे ३७ वर्षीय सञ्जु परियार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयलाई विशेष ध्यान दिएर अर्थ मन्त्रालयका नीति तथा कार्यक्रम र गतिविधिमा समावेश गरी अघि बढाउने निर्णय अर्थ मन्त्रालयले गरेको छ ।
राजापुर नगरपालिका–२, नयाँगाउँ बर्दिया स्थायी घर भई हाल नेपालगन्जको कारकाँदोमा डेरा गरी बस्ने ३० वर्षीय रीता चौधरीले चिया बेचेरै मासिक ७० हजार रुपियाँ कमाउनुहुन्छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला पनि सहभागी हुनुभएको छ ।
‘नियमित दुध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन’ भनी मूल नाराका साथ नेपाल डेरी एसोसिएसनले विभिन्न कार्यक्रम गरी १० औँ ‘विश्व स्कुल दुध दिवस’ सम्पन्न गरेको छ ।
हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै भेगमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीनका विभिन्न सहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा विस्तारका लागि सहयोग गर्न चीनसँग आग्रह गर्नुभएको छ ।