चालु आर्थिक वर्षको दुई महिनामा निर्यातभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ ।
चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा सुधार आउने एसियाली विकास बैङ्क (एडिबी) ले प्रक्षेपण गरेको छ ।
नेपाल वायुसेवा निगमले काठमाडौँसहित पाँच स्थानबाट अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने भएको छ ।
नेपाल राष्ट्र बैङ्कले उपभोक्ता मूल्य सूचकाङ्क निर्धारणको आधार वर्ष परिवर्तन गरेको छ ।
अर्बुद रोग अर्थात् क्यान्सरको उपचार सेवा नेपालमा संस्थागत रूपमा सुरु भएको २५ वर्ष पुग्दै गर्दा यसको उपचार पद्धतिमा नवीन रूपान्तरण आरम्भ भएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन यहाँ आउनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला पनि सहभागी हुनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताउनुएको छ । उहाँले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण भएको बताउनुभयो ।
नाइजेरियाले मङ्गलबार संयुक्त राष्ट्र सुरक्षा परिषदमा अफ्रिकी देशका लागि स्थायी सीटको माग गरेको छ र अन्तर्राष्ट्रिय ऋणदातालाई दिएको ऋण रद्द गर्न आह्वान गरेको छ ।
दिल्ली सरकारले अकुशल, अर्ध–दक्ष र दक्ष कामदारहरुको न्यूनतम पारिश्रमिक क्रमशः १८ हजार ६६, १९ हजार नौ सय २९ र २१ हजार नौ सय १७ रुपियाँ प्रति महिना बढाउने निर्णय गरेको छ ।
इन्डोनेसियाको भ्रमणमा रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री अब्दुल्ला खलीलबीच भेटवार्ता भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–५ मा निर्माणाधीन सुरक्षण मुद्रण छापाखाना (सेक्युरिटी प्रिन्टिङ प्रेस) को अवलोकन गर्नुभएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै उक्त बदलीपछि पर्ने वर्षाका कारण ५६ जिल्ला उच्च जोखिममा रहेको जानकारी गराएको छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउन यातायात पूर्वाधार अत्यावश्यक रहेको बताउनुभएको छ।