• ११ असोज २०८१, शुक्रबार

निगमले पाँच ठाउँबाट टिकट बिक्री गर्ने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १० गते । नेपाल वायुसेवा निगमले काठमाडौँसहित पाँच स्थानबाट अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने भएको छ । 

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार हाल काठमाडौँ र भैरहवाबाट मात्रै अन्तर्राष्ट्रिय टिकट बिक्री हुँदै गरेको अब थप तीन ठाउँबाट अन्तर्राष्ट्रियतर्फको टिकट लिन सकिने छ । यसअघि अनलाइनबाहेक काठमाडौँ र भैरहवाबाट मात्रै अन्तर्राष्ट्रियतर्फको टिकट बिक्री हुँदै आएको थियो, अब यात्रुको सहजताका लागि विराटनगर, पोखरा र नेपालगन्जबाट पनि अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री सुरु हुने उहाँले बताउनुभयो । बडादसैँ, तिहार तथा छठ पर्व जस्ता चाडपर्वको समयमा यात्रुको सहजताका लागि ती स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाएको उहाँले बताउनुभयो । चाडपर्वपश्चात् पनि विराटनगर, पोखरा र नेपालगन्ज कार्यालयबाट टिकट वितरण गर्ने गरी व्यवस्था मिलाइने उहाँले जानकारी दिनुभयो ।