• ११ असोज २०८१, शुक्रबार

परराष्ट्रमन्त्री राणा र स्पेनका प्रधानमन्त्रीबीच भेटवार्ता

blog

वाशिङ्गटन डिसी (अमेरिका),  असोज १० गते ।  संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन यहाँ आउनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको थियो । नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा  कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । रासस