• ११ असोज २०८१, शुक्रबार

अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला सहभागी

blog

न्युयोर्क अमेरिका,  असोज १० गते ।  संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला पनि सहभागी हुनुभएको छ ।

अमेरिकी राष्ट्रपति जो वाइडेन पत्नी डा जिल वाइडेनद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य सहभागी हुनुभएको हो । न्युयोर्कको म्यानहाटनसिटीमा आयोजित कार्यक्रममा महासभामा भाग लिन यहाँ रहनुभएका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखका प्रथम महिलाको सहभागिता रहेको थियो ।  रासस