• ११ असोज २०८१, शुक्रबार

आतिशीको नेतृत्वमा दिल्ली सरकारले कामदारहरुको न्यूनतम पारिश्रमिक बढाउने निर्णय

blog

दिल्ली राज्यको मुख्यमन्त्री आतिशी मर्लेना ।

नयाँ दिल्ली, असोज ९ गते । दिल्ली सरकारले अकुशल, अर्ध-दक्ष र दक्ष कामदारहरुको न्यूनतम पारिश्रमिक क्रमशः १८ हजार ६६, १९ हजार नौ सय २९ र २१ हजार नौ सय १७ रुपियाँ प्रति महिना बढाउने निर्णय गरेको छ । 

दिल्लीका मुख्यमन्त्री आतिशी र श्रम मन्त्री मुकेश अहलावतले बुधबार पत्रकार सम्मेलन गरी पारिश्रमिक वृद्धिको सूचना दिनुभएको छ ।

आतिशीले भन्नुभयो, “पारिश्रमिक वृद्धिबारे सबैलाई जानकारी गराउन चाहन्छु । अरविन्द केजरीवालको सरकारले देशमा सबैभन्दा बढी न्यूनतम पारिश्रमिक दिएको छ । बीजेपीले सधैं गरिबहरूको विरुद्धमा काम गरेको छ । उदाहरणका लागि, जब सन् २०१६-२०१७ मा दिल्ली सरकारले न्यूनतम पारिश्रमिक बढाउने कुरा गर्यो, तब भाजपाले हामीलाई रोक्यो । अदालतबाट न्यूनतम पारिश्रमिक बढाउने आदेशको भाजपाले कडा विरोध गर्यो तर अरविन्द केजरीवालको सरकारले दिल्लीका आम जनताको पक्षमा निर्णय ल्यायो ।” रासस/एएनआई