• ११ असोज २०८१, शुक्रबार

अरिङालले टोक्दा एक युवाको मृत्यु

blog

गुणबहादुर रोका 

सुलीकोट, असोज १० गते । गोरखामा अरिङालले टोक्दा एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा अजिरकोट गाउँपालिका – ५ कुसुन्डे ३७ वर्षीय सञ्जु परियार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार बुधवार बेलुका ७ बजेको समयमा कुसुन्डेको चामबोटेमा अर्याल पोल्न गएका ४ जना युवालाई अरिङालले टोक्दा एक जनाको मृत्यु भएको छ भने अन्य ३ जना युवालाई अरिङालले टोक्दा घाइते भई भच्चेक स्वास्थ्य चौकी उपचार भइरहेको उहाँले बताउनु भयो । 

गम्भीर घाइते भएका परियारलाई स्थानीय भच्चेक स्वास्थ्य चौकीबाट सामान्य उपचार पछि गोरखा अस्पताल ल्याउने क्रममा बिहान ३ बजेको समयमा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

अरिङाल टोकेर मृत्यु भएका ३७ वर्षीय परियारको सब जिल्ला अस्पताल गोरखामा पोस्टमार्टम गरी बिहीबार परिवारलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी नायब उपरीक्षक श्रेष्ठको भनाई छ ।