शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १० गते । चलचित्र ‘प्रेम गीत ३’ ओटिटी प्लेटफर्म ‘सिनेमाघर एप’ मार्फत सार्वजनिक गरिएको छ । छेतेन गुरुङ र सन्तोष सेनद्वारा संयुक्त रूपमा निर्देशित ‘प्रेम गीत ३’ मा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, सुनील थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, योगिशा खत्रीलगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्र सार्वजनिकसँगै सिनेमाघर एपले नयाँ ठुलो अपडेट ल्याएको छ । यसअघि एन्ड्रोइड र आइओएस मोबाइल तथा स्मार्ट टिभी प्लेटफर्ममा रहेको चलचित्र अब ल्यापटप र डेस्कटपमा वेब ब्राउजरमार्फत हेर्न सकिने छ । फोनपे क्युआर कोडमार्फत नेपाल र भारतबाट सजिलै भुक्तानी गर्न मिल्ने सुविधा उपलब्ध हुने जनाइएको छ ।