• ११ असोज २०८१, शुक्रबार

सिनेमा फुटसलमा रञ्जना च्याम्पियन

blog

काठमाडौँ, असोज १० गते । रञ्जना सिनेप्लेक्सले बुधबार क्युएफएक्स सिनेमालाई २–१ ले हराएर प्रथम अन्तरसिनेमा फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

मानेन्ट भेन्टर्सको आयोजनामा भएको प्रतियोगितामा क्युएफएक्स सिनेमाका लोकबहादुर श्रेष्ठ सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभयो । विजेता रञ्जना सिनेप्लेक्सका विशो तुलाधर उत्कृष्ट गोलरक्षक चुनिनुभयो । च्याम्पियन रञ्जनाले ट्रफीसहित नगद पुरस्कार प्राप्त गर्‍यो । उपविजेता क्युएफएक्स सिनेमालाई पदकसहित दुई वटा दसैँविशेष स्थानीय भाले प्रदान गरिएको थियो ।