इजरायली लडाकु विमानहरूले बुधबार साँझ पूर्वी र दक्षिणी लेबनानमा हवाई आक्रमण पुनः सुरु गरेको लेबनानी सैन्य स्रोतहरूले बताएका छन् ।
मानव–सिर्जित जलवायु परिवर्तनले यस महिनाको सुरुमा मध्य युरोपमा विनाशकारी बाढी ल्याउने भारी वर्षाको सम्भावनालाई दोब्बर बनाएको र यसको तीव्रता बढाएको एउटा नयाँ अध्ययनले पत्ता लगाएको छ ।
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयले भव्य रुपमा अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ रातोपहिरामा रहेको संग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् शुक्रबार आउने सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट दिने जनाएको छ ।
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो ।
संयुक्त राज्य अमेरिकाको जन कूटनीतिका कार्यवाहक उपमन्त्री ली साटरफिल्ड तथा दक्षिण एवं मध्य एसियाली मामिलाका सहायक मन्त्री डोनाल्ड लुले बिहीबार दक्षिण एसियाली युवा नेता अभियानको न्युयोर्कमा शुभारम्भ गर्नु भएको छ।
जिल्लाका ग्रामीण सडक मर्मत नगरिए पनि यातायात व्यवसायीले जोखिम मोलेर यातायातका साधन सञ्चालन गर्न थालेका छन् ।
परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडीसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० मा आबद्ध देशहरूलाई आग्रह गर्नुभएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा ‘हेलो गर्भवती आमा’ कार्यक्रम सुरु गरेको छ ।
पुर्चौडी नगरपालिकास्थित लामुनीको पहिरोबाट सिसा जस्ता चमकदार, पारदर्शी डल्ला निस्कन थालेका छन् ।
मनसुन पुनः सक्रिय भएपछि प्रदेशवासीलाई सतर्कता अपनाउन सुदूरपश्चिम प्रदेश सरकारले आग्रह गरेको छ ।
बाजुराको सदरमुकाम मार्तडीमा सवारीसाधन पार्किङमा समस्या हुने गरेको छ । मार्तडीमा विगत ११ वर्षदेखि पार्किङको व्यवस्था नहुँदा यहाँ आउने सानाठुला सबै सवारीसाधनलाई दैनिक समस्या हुने गरेको हो ।
पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले विसं २०७४ माघ–१९ गते शिलान्यास गर्नुभएको ६० फिट अग्लो गुम्बा निर्माण उपभोक्ता समितिको लापरबाहीका कारण अलपत्र परेको हो ।
मध्यपश्चिम विश्वविद्यालयले आमसञ्चार अध्ययन गर्ने विद्यार्थीलाई केन्द्रमा राखेर अघि सारेको रेडियो (एफएम) स्थापनाको योजनाले अहिलेसम्म पनि पूर्णता पाउन सकेको छैन ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नियमित चल्ने गरी सरसफाइ अभियान सुरु गरेको छ ।