संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा न्युयोर्क आउनुभएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा राष्ट्रसङ्घीय कार्यक्रमसहित द्विपक्षीय तथा बहुपक्षीय भेटघाटमा व्यस्त हुनुहुन्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताउनुभएको छ ।
ब्राजिल, जर्मनी, भारत र जापानको प्रतिनिधित्व गर्ने जी–४ राष्ट्रका विदेशमन्त्रीले संयुक्त राष्ट्रसङ्घलाई समकालीन भूराजनीतिक वास्तविकतालाई अझ राम्रोसँग प्रतिबिम्बित गर्न र वर्तमान र भविष्यका लागि उपयुक्त बनाउन सुरक्षा परिषदको व्यापक सुधार आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
म्याग्दीमा डेंगु सङ्क्रमण तीव्र गतिमा बढेको छ । गएको वैशाख महिना यता डेंगुका संक्रमितको सङ्ख्या असोज ८ गतेसम्म एक सय ३१ जना पुगेको छ।
गोरखाामा सात सय ३३ जनामा डेंगु सङ्क्रमण देखिएको छ । जिल्लामा अत्यधिक मात्रामा डेंगु रोग सङ्क्रमण बढ्दै जाँदा साउन, भदौ र असोज १० गतेसम्म सात सय ३३ जनामा डेंगु सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माले जानकरी दिनुभयो ।
दसैँलाई लक्षित गरेर बाँकेमा खसी बोकाको मूल्य निर्धारण गरिएको छ।
जिल्लाको रामपुर नगरपालिकाले कालीगण्डकी नदीलाई पर्यटनसँग जोड्न पैदलमार्ग निर्माण सुरु गरेको छ । कालीगण्डकी नदीको ऐतिहासिक, धार्मिक तथा संस्कृतिक महत्त्वलाई जोगाउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नदी किनारमा पैदलमार्ग निमार्ण सुरु गरेको हो ।
अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पाकिस्तानको कमजोर अर्थतन्त्रलाई राहत दिनका लागि सात अर्ब अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल रेल्वेको घाटा कम गर्न सरकारले रेल्वेको आफ्नै वासिङ्ग सेन्टर निमार्ण गर्न लागेको बताउनुभएको छ ।
नेपालगञ्जदेखि बर्दियाको गुलरिया जोड्ने चारलेन सडक निर्माण कार्य सम्पन्न हुन करिब डेढ वर्ष बाँकी छ ।
स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मङ्सिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने जनाएको छ ।
ढोरपाटन सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ ।
ठगीसम्बन्धी कसुर मुद्दा र जबरजस्ती करणी कसुरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना फरार प्रतिवादी दुबईबाट पक्राउ परेका छन् ।
पोखरा महानगरपालिकाले चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दसैँ अगावै देशभरका सबै सडकलाई खाल्टाखुल्टी रहित बनाइ सक्ने बताउनुभएको छ ।