गए रातिदेखि निरन्तर वर्षा हुन थालेपछि इलामको माइखोला राजदुवाली माथिको सडक खण्डमा जोखिम बढेको छ ।
नइ प्रकाशनले २०८० सालको १२ कक्षाको परीक्षामा बाजुरा र हुम्ला जिल्लाका सर्वोत्कृष्ट छात्रालाई ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ ।
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरू अपर्याप्त रहेको भन्दै पुनर्लेखन जरुरी रहेको बताउनुभएको छ ।
देशभित्र विदेशी मुद्राको सञ्चिति करिब २१ खर्ब रुपियाँ पुगेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार कुल विदेशी मुद्राको सञ्चिति रु २० खर्ब ९२ अर्ब २२ करोड पुगेको हो । यो विवरण गत साउन मसान्तसम्मको हो ।
रुसी सेनाले बिहीबार युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रको सहर युक्रेन्स्क कब्जा गरेको बताएको छ ।
बङ्गलादेशका पूर्वकप्तान शाकिब अल हसनले आगामी वर्षको मार्चसम्ममा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने बताउनुभएको छ ।
नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिइएको छ । खासगरी जटिल अवस्थामा वा बाध्यकारी अवस्थामा गर्भ रहेमा गर्भपतन गर्न सकिने व्यवस्था छ ।
बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो जितको रफ्तार जारी राखेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई १–० गोलले हरायो ।
सभामुख देवराज घिमिरेले प्रमाण र तथ्यका आधारमा देशको नीति बनाउन आग्रह गर्नुभएको छ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुने बताउनुभएको छ ।
कात्तिक २९ गतेदेखि महजोडीले ‘मह जात्रा’ प्रहसनमार्फत प्रत्यक्ष प्रस्तुति दिने भएका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी कात्तिक २९ गतेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘मह जात्रा’ प्रर्दशन हुने भएको हो ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने जानकारी गराएसँगै सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।
बाँकेको राप्तीसोनारी-४ धामपुरमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।
बागलुङ नगरपालिकाका–४ स्थित कुँडुले फेँदी । बागलुङ बजार नजिकै रहेको कुँडुले फेदी अन्नबाली उत्पादनका लागि उर्वर मानिन्छ ।