प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे सुझावसहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आज ५० लाख हस्तान्तरण गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले छिमेकी मुलुक चीनसँग विद्युत व्यापारको सम्बन्धमा कुरा गरिरहेको बताउनुभएको छ।
चाडपर्व मनाउन भारतबाट फर्कने सुदूरपश्चिमबासीहरुको सीमा नाकामा भिड लागेको छ । गौरीफन्टा नाका भएर फर्कनेको सीमा नाकामा भिड बढेको हो ।
आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
वर्षौँदेखि ठप्प रहेको ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा समिट एयरले परीक्षण उडान गरेको छ । नियमित उडान गर्ने योजनासहित आइतबार दिउँसो समिट एयरलाइन्सले रुम्जाटार विमानस्थलमा परीक्षण उडान गरेको हो ।
सिन्धुली जिल्लामा आइतबारसम्म हालैको बाढीपहिरोबाट प्रभावित ३९१ घर परिवारले राहत सामग्री पाएका छन्।
त्रिशूली नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि गोरखाको सहिदलखन गाउँपालिका–४ ठेउवाटार र आसपासका क्षेत्रका बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ ।
गत साताको अविरल वर्षासँगै आएको बाढी पहिरोले काभ्रेपलान्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ ।
कैलालीको कैलारी गाउँपालिकास्थित घुरहा नदीमा रहेको पुलमा दुर्घटनाको जोखिम बढेको छ । पुलको पूर्वतर्फको पहुँचमार्ग नदीले कटान गरेपछि दुर्घटनाको जोखिम बढेको हो ।
लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी रूपमा मनोमानी सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन पशुपति विकास कोषले नै गर्ने भएको छ।
मदन भण्डारी राजमार्गको गुल्मी–प्युठान सडक खण्डको निर्माण कार्य सुस्त गतिमा जारी रहेको छ । सिमलटारी–सौतामारे–मच्छी सडक खण्डको डेढ वर्षमा बढीमा १८ प्रतिशत काम भएको आयोजनाले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ ।
बाँकेको कोहलपुरमा एक करोड २५ लाखको लागतमा अत्याधुनिक शवदाह गृहको निर्माण सुरु गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैनिक आयात गरिने सुनको कोटा बढाउन सरकार तयार रहेको बताउनुभएको छ ।