• २० असोज २०८१, आइतबार

राष्ट्रपतिसमक्ष प्रधान न्यायाधीश राउतद्वारा शपथ

blog

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानान्यायाधीश प्रकाशमानसिंह राउत पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुँदै । तस्बिर : राष्ट्रपतिको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौँ, असोज २० गते । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभएको हो । 

राष्ट्रपति पौडेलले राउतलाई आइतबार नै प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको हाे । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।


यो पनि पढ्नुहोस

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त