• २० असोज २०८१, आइतबार

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

blog

नवनियुक्त प्रधानन्यायाधीश राउत ।

काठमाडौं, असाेज २० गते । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त हुनुभएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएकाे हाे ।

यसअघि असाेज १६ गते संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत अनुमोदन गरेको थियाे । संवैधानिक परिषद्को गत भदौ ३१ गते बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो। 

यस्तै, सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको यही असोज १९ गते पदावधि सकिएकाे हाे ।