खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सञ्चालन गरेको मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी काठमाडौँको पेप्सीकोला क्षेत्रमा खाद्य पदार्थको निरीक्षण तथा अनुगमनका क्रममा कतिपयमा अखाद्य वस्तु फेला परेका छन् ।
नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले धार्मिक पर्यटकीय स्थलको विकासका लागि प्राथमिकता दिएको बताउनुभएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ ।
समाजमा शिक्षकले पुर्याएको योगदानको कदर गर्दै शनिबार विश्वभर एक साथ विश्व शिक्षक दिवस मनाइएको छ ।
हरियाणामा शनिबार साँझ पाँच बजेसम्म ६१ प्रतिशत मतदान भएको छ । राज्यभर भएको एकल चरणको विधानसभा चुनावमा सबै ९० सीटहरुका लागि मतदान भएको हो ।
इजरायलले गत महिनादेखि लेबनानमा तीव्र गोलाबारी गरेपछि चीनले आफ्ना २१५ जना नागरिकलाई उद्धार गरेको छ ।
वरिष्ठ समाजसेवी गङ्गा पन्तको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन गरिएको छ। सङ्खुवासभाको चैनपुरमा जन्मेर पन्तले आफ्नो जीवनमा गरेका संघर्षबारे लेखेको उक्त पुस्तकको आज उहाँले विमोचन गर्नुभयो।
गत साता आएको बाढीपहिरोपछि क्षतविक्षत भएको हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडक आइतबारबाट सञ्चालन हुनेभएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध भारतीय रुपियाँ खरिद गर्ने नेपालगन्जका एक किराना व्यवसायीलाई करिब चार लाख अवैध भारुसहित पक्राउ गरेको छ।
भारतको उत्तरपूर्वी राज्य मेघालयमा बाढी र पहिरोका कारण कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले राज्यको ‘गारो हिल्स’ क्षेत्रमा ठूलो क्षति पुगेको छ ।
नेपाल पत्रकार महासङ्घका प्रदेश तथा जिल्ला अध्यक्षको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा जारी छ।
पश्चिम नेपालका तीनवटा प्रदेशका हजारौं बिरामीको बर्सेनी उपचार गर्दैआएको भेरी अस्पतालमा एमडी र एमएसको पढाइ हुने भएपछि बिरामीको उपचारमा थप सहयोग पुग्ने बिश्वास गरिएको छ ।
यहाँस्थित ताँजकोट गाउँपालिका-४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्युभएको छ ।
अविरल वर्षासँगै बिग्रेका सडक सहज बनाउन खाल्डा पुर्न थालिएको छ । सन्धिखर्क नगरपालिकाले अविरल बर्षाले अवरूद्व भएका सडक वडा तहमा तथा सवारी साधनको आवत–जावतले सडकमा परेका खाडलहरु पुर्न सुरु गरिएको हो ।