काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ ।
बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन थालेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।उहाँले पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको माग बढिरहेको भन्दै हवाई उडानलाई थप व्यवस्थित र सहज बनाउने काम भइरहेको बताउनुभएको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित साततले खेतमा लगाइएको धानबालीमा देखिएको कालोपोके । धानबालीमा कालपोके लागेपछि किसान चिन्तित बनेका छन् ।
लुहाम बजार र आसपासको क्षेत्र
बागमती प्रदेश सरकारले विपत् अति प्रभावित बागमती प्रदेशका स्थानीय तहलाई तत्काल राहतलगायतका भैपरी आउने खर्चका लागि राहतस्वरूप सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश सरकारले गत बिहीबारबाट तीन दिनसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट अति प्रभावित स्थानीय तहलाई पाँच करोड ८० लाख रुपियाँ उपलब्ध गराउने भएको हो ।
भेरी नगरपालिका–१ रिम्नास्थित भेरी तथा सानी भेरीको मिलन बिन्दु त्रिवेणी । मध्य पहाडी राजमार्ग र भेरी करिडोर यही स्थलमा जोडिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
बङ्गलादेशमा यस वर्ष चट्याङमा परी करिब ३०० जनाको ज्यान गएको छ । मृत्यु हुनेमा अधिकांश ग्रामीण क्षेत्रका किसान रहेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
चाडपर्वको मौका छोपेर यात्रुबाट बढी भाडा असुल्ने यातायातका साधनहरूलाई पृथ्वी राजमार्ग क्षेत्रमा कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले पृथ्वी राजमार्गमा छड्के जाँच बढी भाडा असुल्ने दर्जनौँ गाडीलाई कारबाही गरेका हुन् ।
हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् ।
गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ । जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको जिल्ला शिक्षा एकाइले जनाएको छ ।
सात वटा पालिका रहेको डडेलधुरा जिल्लाका १६ हजार पाँच सय घरधुरीमा विद्युत्को पहुँच पुगेको छ ।
कर्णाली राजमार्गमा गइरहने पहिरो पन्छाउन मात्रै गत दुई वर्षको अवधिमा ६२ करोड खर्च भएको छ ।