सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले उपभोक्ता समितिबाट कुनै पनि विकास निर्माणका काम गर्दै नगर्ने नीति लिएको र कसैले गरेको भेटिएमा कारबाहीको भागेदार हुने बताउनुभएको छ ।
दसैँतिहार बिदाको बिदा, घरनजिकैको खुला ठाउँ, विद्यार्थी कापीकिताब लिएर जम्मा हुन्छन् । कोही गृहकार्यमा जुट्छन् भने कोही अलमल परेको विषयमा शिक्षकलाई सोध्छन् ।
बुटवल उपमहानगरपालिका र बुटवलका मासु व्यवसायीबिच बुटवलमा निर्माण सम्पन्न भएको वधशाला सञ्चालनका विषयमा विवाद उत्पन्न भएको छ ।
गण्डकी प्रदेशकै सबैभन्दा ठुलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले गत वर्ष चार लाख ५५ हजार बिरामीलाई सेवा दियो । प्रदेश राजधानीमा रहेको यो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत छ ।
कुनै पनि मुलुकको पूर्वाधार विकासको प्रथम खुड्किलो सडक सञ्जाल नै हो ।
नेपालको संविधान, २०७२ ले दलीय शासनको अपेक्षा गरेको छ ।
नेपालको संविधानको धारा १३६ मा ‘सर्वोच्च अदालत र मातहतका उच्च अदालत, जिल्ला अदालत, विशिष्टीकृत अदालत वा अन्य न्यायिक निकायको न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधान न्यायाधीशको हुने छ’ भन्ने उल्लेख छ ।
भावना व्यक्तिले अनुभूति गर्ने कुरा, निजको चेतना वा मनस्थिति जनाउने शब्द हो, जसमा हामी प्रेम, आनन्द, दुःख, घृणा वा क्रोधको अनुभव गर्छौं । प्रत्येक व्यक्तिको व्यक्तित्वमा एक तर्कसङ्गत र भावानात्मक पाटो रहेको हुन्छ । कुनै व्यक्तिलाई जान्न बुझ्न निजको बौद्धिक र भावनात्मक बनावट बुझ्न आवश्यक हुन्छ ।
आर्टिफिसियल इन्टलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकताको प्रयोग दिनदिनै बढ्दो छ ।
जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।
बिपी राजमार्ग अन्तर्गत पर्ने वैकल्पिक राजमार्ग हालसम्म पूर्ण रूपमा सुचारु नभएको ट्राफिक प्रहरीले जनाएको छ ।
रामेश्वर ढकालको शब्द/सङ्गीतमा झ्याउरे लयको ‘राम्दी मेलैमा’ बोल गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा रामेश्वर ढकाल, शीतल भण्डारी, विनोद अर्याल, लालमाया थापा पुन, सुप्रिम ढकाल र सम्झना रणपालको स्वर रहेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर आज स्थिर छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरेको छ ।
नेपालगन्जको रामलीला मैदानमा दसैँको अवसर पारेर रामलीला मञ्चन भइरहेको छ । भारत वृन्दावनबाट कलाकारले रामलीला प्रदर्शन गरिरहेका छन् ।
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गका पीडितको रु ५३ करोड एक वर्ष पुग्दा पनि धरौटी खातामा जम्मा हुन सकेको छैन ।