राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ ।
बाँकेको कोहलपुरमा एक करोड २५ लाखको लागतमा अत्याधुनिक शवदाह गृहको निर्माण सुरु गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैनिक आयात गरिने सुनको कोटा बढाउन सरकार तयार रहेको बताउनुभएको छ ।
ताप्लेजुङका युवा साहित्यकार मनिष हेल्लोकद्वारा लिखित ‘जनयुद्ध’ नाटकको विमर्श (चर्चा) गरिएको छ । सदरमुकाम फुङ्लिङमा आइतबार कार्यक्रम आयोजना गरी उक्त नाटक पुस्तकको विमर्श गरिएको हो ।
पूर्वी नवलपरासीमा रहेका पर्यटकीय एवं धार्मिकसँगै अन्य मनोरम स्थलमा पर्यटकको चाप बढ्दैगएको छ । अन्य समयमा प्रायः सुनसानजस्तो देखिने पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा दुई नयाँ सेवा सुरु भएको छ ।
अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ ।
लायन्स क्लब इन्टरनेशनलले डायलासिस सेवा सञ्चालनका लागि प्युठान जिल्ला अस्पताललाई एक करोड बढी रकम सहयोग हस्तान्तरण गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले सात वटै प्रदेशमा अटिजम भएका बालबालिकाहरुको लागि तालिम दिने केन्द्रहरु बनाउने तयारी गरिरहेको बताउनुभएको छ ।
ताप्लेजुङमा स्वर्गीय चन्द्रबहादुर नेयोङ्हाङ स्मृति पुरुष नकआउट फुटबल प्रतियोगिता आउँदो कात्तिक ४ गतेदेखि हुनेभएको छ । आयोजक कर्णसिंह सोनाम फुटबल क्लबको आयोजनामा प्रतियोगिता हुने भएको हो ।
राष्ट्रिय प्रजातान्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा. धवलशम्शेर राणालाई क्यान्सर भएको पुष्टि भएको छ । भारतको मुम्बईमा उपचारको क्रममा डा. राणालाई गिजाको क्यान्सर भएको पुष्टि भएको राणा निकट राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि दुुई करोड रुपियाँको चेक हस्तान्तरण भएको छ । प्रधानमन्त्री निवास बालुुवाटारमा नेपालको पहिलो बैँकका रुपमा रहेको नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले सो रकम जम्मा गरेका हुन् ।
मिथिलाञ्चलमा झिझिया नृत्युको रौनक जारी छ । मिथिला क्षेत्रमा गरिने लोकनृत्यमध्ये झिझिया एक विशिष्ट प्रकृतिको नृत्य हो ।