प्युठानमा निर्माण सम्पन्न भएको विद्युत् सबस्टेसन सञ्चालन नहुँदा उपभोक्ताले हैरानी बेहोरेका छन् ।
समयमै सडक मर्मत हुन नसक्दा पाल्पाका महत्वपूर्ण सडक जीर्ण बनेका छन् ।
जति औषधी गरे पनि निको नहुने दीर्घरोगीका लागि रुपन्देहीको सैनामैना नगरपालिका–१, चारपालामा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सा केन्द्र सहारा बन्दै गएको छ ।
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ ।
फेवातालको बिच भागमा रहेको तालवाराही मन्दिरको भेटी पुजारीले लिने गरेका छन् । तालवाराहीमा सङ्कलित लाखौँ रुपियाँ भेटी अझै पनि पुजारीको पोल्टामा जाने गरेको छ ।
इलाका प्रशासन कार्यालय हरिवन र बरहथवाको नागरिकता फाँटमा दसैँलगत्तै सेवाग्राहीको अत्यधिक चाप बढेको छ । यी दुवै कार्यालयमा अहिले नयाँ तथा प्रतिलिपि नागरिकता बनाउन आउने सेवाग्राहीको चाप दोब्बरले बढेको हो । दैनिक ४० देखि ४५ जना सेवाग्राही आउने इलाका प्रशासन कार्यालय हरिवनको नागरिकता फाँटबाट दसैँ बिदापछि ८० देखि ८५ जना सेवाग्राहीको नागरिकता जारी भइरहेको कार्यालयका प्रमुख राजकुमार थापाले जानकारी दिनुभयो ।
अर्थमन्त्री विष्णु पौडेल विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन यहाँ आइपुग्नु भएको छ ।
पाँचथरका किसान यामबहादुरको बारीमा भरी मुलै मुला छ । उहाँ यति बेला आफूले उत्पादन गरेका मुला धमाधम बिक्री गर्न भ्याई नभ्याई छन् ।
मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हँुदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
हिउँ चितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज ११औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइँदै छ । विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ । हर्नियाको शल्यक्रियाका निम्ति उहाँ मङ्गलबार साँझ भर्ना हुनुभएको हो ।
हिन्दुको महान् चाड दसैँ सकिएसँगै अहिले ताप्लेजुङका गाउँघर सुनसान हुन थालेका छन् । जागिर, रोजगारलगायतका काममा संलग्न आफ्नो कर्मथलोतर्फ फर्कन थालेपछि गाउँघर पुनः सुनसान हुँदै गएको हो ।
मुलुकको योजनाबद्ध पूर्वाधार विकास, आर्थिक विकास र आधारभूत वस्तु तथा सेवाको उत्पादन, प्रसारण र वितरणको व्यवस्थापनमा टेवा पु¥याउने उद्देश्यले विभिन्न समयमा सार्वजनिक संस्थानको स्थापना गरिएको हो ।
ट्रान्सपरेन्सी इन्टरनेसनलको सिपिआई इन्डेक्समा नेपाल १०० अङ्कमा ३४ भन्दा माथि जान सकेको छैन । ५० भन्दा कम स्कोर हुने राष्ट्रमा भ्रष्टचार रहेको भनिन्छ ।
सार्वजनिक निर्माण कार्यमा कामको गुणस्तर, लागतको प्रभावकारिता र आयोजनाको दिगोपना सुनिश्चित गर्न गरिने मूल्याङ्कन प्रक्रिया हो– प्राविधिक परीक्षण ।