पुलपुलेसा, सडक सञ्जाल र भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ । विपद्का कारण आवागमन रोकिएका सडक सञ्जालहरु अधिकांश पूर्णरुपमा नै सञ्चालनमा आइसकेका छन् । तर विपी राजमार्ग भने अझै पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा स्वास्थ्य शिविरमा सेवाग्राहीको भिड लागेको छ ।
घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा रियलले बोरुसिया डर्टमन्डलाई ५-२ गोलले हरायो । रियललाई जिताउन भिनिसियसको ह्याट्रिकसँगै एन्टोनियो रुडिगर र लुकास भास्क्वेजले एक एक गोल गर्नुभयो ।
बन कार्यालय, लेटाङ नगरपालिका र सङ्घीय खानेपानी आयोजना बिच समन्वय हुँदा नसक्दा दुई वर्षमा सम्पन्न हुने आयोजना ६ वर्ष बित्न लाग्दा पनि सम्पन्न भएको छैन ।
साफ महिला च्याम्पियनसिपमा आज (बुधबार) साँझ सर्वाधिक सफल टोली भारत र साविक विजेता बङ्गलादेशबिच प्रतिस्पर्धा हुँदैछ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका वडा नं. ९ टिकौली जङ्गलमा गए राति दुई वटा ट्रक र एउटा ट्याङ्कर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त हुनुहुन्छ । “लामो समय वैदेशिक रोजगारीमा बिताएपछि उहाँले व्यावसायिक रूपमा मौरीपालन थाल्नुभएको १६ वर्ष पूरा भयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विपद्पछिको पुनः निर्माणमा सरकार गम्भीर भएर लागेको बताउनुभएको छ ।
टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा बुधबार बिहान भएको खेलमा नेपाल अमेरिका ‘ए’ सँग चार विकेटले पराजित भएको हो ।
हेलो भाइबहिनीहरू, नमस्ते । यहाँ सुरुमै मैले तपाईंहरूलाई दुई वटा परिचित शब्दले अभिवादन गरेँ ।
सहरभित्र घरभन्दा धेरै छन् बौद्ध चैत्य र बुद्ध मूर्तिहरू । साँघुरा गल्ली, बाक्लो माटाका घर, घरभित्र साना कोठा, उज्यालो छिर्न हम्मे हम्मे पर्ने झ्यालहरू । अझै चौधौँ शताब्दीले छोडेको छैन लोमन्थाङ सहरलाई ।
मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्डेस्थित तीन हजार तीन सय मिटर उचाइमा अवस्थित क्लिनलेक र पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमालको दृश्य । मनाङ जिल्लामा मात्रै ५७ वटा साना ठुला हिमताल रहेका छन् ।
वीरगञ्ज महानगरपालिका १६ बसपार्क नजिकै रहेको माईधिया पोखरी । संरक्षणको अभावमा कुरुप बन्दै गइरहेको पोखरी छठ पर्व नजिकिएसँगै सरसफाइ सुरु भएको छ ।
बझाङका ५३ औँ राजा गजराज सिंहले आफ्ना छोरा भूपेन्द्र सिंहका लागि निर्माण गरेको भोपूर दरबार । यो दरबार वि।सं १९१५ तिर निर्माण गरिएको मानिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धि आज सार्वजनिक गर्नुहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धी उहाँले सार्वजनिक गर्न लाग्नुभएको हो ।