इजरायली सेनाले हजारौँ विस्थापितको वासस्थान रहेको टायर सहरको ठुलो भाग खाली गर्ने चेतावनीसहितको निकारी आदेश जारी गरेपछि लेबनानी नागरिकहरू बुधबार उक्त स्थानबाट भागेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रणका लागि सुशासन कायम गर्नु अपरिहार्य भएको बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेको विषयमा छानबिन र अनुसन्धान स्वाभाविक भएको बताउनुभएको छ ।
आइतबार साँझ एकाएक भएको असिनासहितको वर्षाले म्याग्दीका विभिन्न ठाउँको धानखेतीमा असर परेको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवको हर्नियाँको शल्यक्रिया सफल भएको छ । उपराष्ट्रपति यादवका निजी चिकित्सक डा. शिवजी विक्रम सिलवालका अनुसार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा गरिएको हर्नियाँको शल्यक्रिया सफल भएको हो ।
जिल्लाको कुल जनसङ्ख्याको ३० प्रशितशत नागरिक मात्र स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका छन् । कुल जनसङ्ख्याको ३० प्रतिशत नागरिक मात्र बिमा कार्यक्रममा सहभागी भएर सेवा लिइरहेको स्वास्थ्य बिमा बोर्ड जिल्ला सम्पर्क कार्यालय प्युठानको तथ्याङ्क छ ।
एक लाख ५० हजार राशीको आठौँ मण्डली कप कात्तिक २१ गतेदेखि हुने भएको छ । मण्डली स्पोर्ट्स क्लब पूर्वखोलाको आयोजनामा प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष अनन्तप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
दसैँ सकिए लगत्तै मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर धार्मिक पर्यटकले भरिभराउ भएको छ । मुक्तिनाथमा यतिखेर स्वदेशी तथा विदेशी पर्यटकहरु भरिएका छन् ।
धनकुटा नगरपालिका –१ हिलेका छोटे (छविलाल) सार्कीलाई यतिबेला मादल बनाउन भ्याइ नभ्याइ छ । नेपालीको दोस्रो महान चाड तिहार नजिकीएसँगै उहाँसहित उहाँको परिवारलाई मादल बनाउन चटारो भएको हो ।
इजरायली सेना (आइडिएफ) ले यस महिनाको सुरुमा बेरुतमा भएको इजरायली हवाई आक्रमणमा हेजबुल्लाहका अधिकारी हाशेम सफीद्दिनको मृत्यु भएको दाबी गरेको छ ।
बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध ढोरवाराही मन्दिरलाई धार्मिक गन्तव्यस्थलका रुपमा विकास गर्न पहल थालिएको छ । नगरपालिकाले नगरभित्रकै प्रमुख धार्मिकस्थल ढोरवाराही मन्दिरको विकासका लागि पहल थालेको हो ।
सुनसरीको इनरुवामा तेस्रो रात्रिकालीन मेयर कप भलिबलको उपाधि झापाले चुमेको छ ।
वर्षाले अवरुद्ध भएको ग्रामीण तथा कृषि सडक सञ्जाल सञ्चालनमा आएको छ ।
सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको बुधबारको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवम् मुद्दामा समान धारणाका साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ ।