राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि उहाँका समर्थकले गरेको प्रदर्शन र अनुचित क्रियाकलापप्रति नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दल मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गर्नुभएको छ ।
“हमहनके नेपाली हइन, लेकिन हमनके नागरिकता नहीँ बा । नहीँ हमनके लालपुर्जा बा । नागरिकता लेके हमनके मरेके मन बा लेकिन खै काहुई कौनो पता नही बा” अर्थात् “हामी नेपाली भए पनि नागरिकता छैन ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–६ बाट करिब ४ लाख रुपियाँसहित २० जना जुवाडेहरू पक्राउ परेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारबाही हुने स्पष्ट गर्नुभएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी भङ्गेटारमा स्थानीयले श्रमदानबाट निर्माण गरेको कांसाहोप ताल पर्यटकीय गन्तव्य स्थल बन्दै गएको छ ।
नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजीवी सङ्गठनले बाढीपहिरो पीडितको सहयोगका लागि पाँच लाख २५ हजार सहयोग हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै हुनुहुन्छ । उहाँले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धि सार्वजनिक गरिरहनु भएको छ ।
बाजुराका किसानलाई दसैँ सकिएसँगै धान बाली भित्र्याउने चटारो परेको छ । बाजुरामा हिमाली भेगमा असोज र तल्लो क्षेत्रका अधिकांश ठाउँमा कात्तिक महिनामा हिउँदे खेती लगाउने गर्छन् ।
ताप्लेजुङमा रेडपान्डा जोगाउन कुकुर र बिरालोलाई रेबिजविरुद्ध खोप लगाउने अभियान सुरु गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (एमाले) जिल्ला कमिटी ललितपुरले बाढी, पहिरो र डुबानका कारण उत्पन्न स्थितिबाट जनजीवनलाई सहज र पूर्ववत् बनाउन आग्रह गरेको छ।
नेपाली कांग्रेसको सङ्गठनलाई बलियो बनाउन वैचारिक बहसको आवश्यकता परेको बताइएको छ नेपाली कांग्रेस गुल्मीको जिल्ला पार्टी कार्यालय बिपी स्मृति भवन तम्घासमा आयोजित बैठकमा बोल्ने वक्ताहरूले कांग्रेस पार्टीको हरेक सङ्गठनलाई बलियो बनाउन नेता तथा कार्यकर्तालाई वैचारिक रूपमा बलियो बनाउन जरुरी रहेको बताएका छन् ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले प्रदेश र सङ्घ सरकारले पुल, सडक निर्माणमा बजेटको ठुलो हिस्सा खर्च गरिरहेको जनाउँदै पुल निर्माण वैज्ञानिक र गुणस्तरीय बनाउनै पर्नेमा जोड दिनुभएको छ ।
चाडपर्वको समयमा पूर्वी नेपालका विभिन्न भारतीय सीमावर्ती क्षेत्रबाट भन्सार छलेर अवैध सामान भित्रिने क्रम बढ्दो छ । इलाम, झापा, मोरङ र सुनसरीका विभिन्न नाकाबाट अवैध तस्करी बढेसँगै इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयले गस्तीलाई व्यापकता दिँदै आफ्नो सक्रियता बढाएको छ ।
गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढीपहिरोले घरबारविहीन भएकाहरु जाडोयाम सुरु भएसँगै कसरी न्यानो वासस्थानको व्यवस्था गर्ने भन्नेमा चिन्तित छन् ।