चीनका राष्ट्रपति सी जिनपिङले बुधबार ब्रिक्स समूहका नेताहरूलाई युक्रेनमा ‘लडाइँ नबढाउन’ आग्रह गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदमा प्रतिपक्षमा रहेका दलका नेताहरूले भेट गर्नुभएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रतिपक्षमा रहेको दलका नेताहरूले भेट गर्नुभएको हो ।
पहाडकी रानी उपनामले चिनिएको तनहुँको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुर पर्यटकले भरिभराउ भएको छ । दसैँपछि आन्तरिक तथा बाह्य पर्यटक घुम्नको लागि बन्दीपुर उक्लिएका हुन् ।
कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागले रुकुमपश्चिमको मुसीकोटमा कसूरजन्य सम्पत्ति व्यवस्थापन सम्बन्धमा सरोकारवाला निकायसँग गरेको अन्तरक्रिया कार्यक्रममा एकीकृत विवरणको अभाव रहेको बताइएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड लाइनको बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणबिच मतभेद नभएको बताउनुभएको छ ।
हिमशृङ्खला, तालतलैयाका मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने पोखरामा पर्यटकीय मौसम सुरु भए पनि पर्यटकको चाप बढ्न नसक्दा पर्यटन व्यवसायी चिन्तित बनेका छन् ।
जिल्ला समन्वय समिति ताप्लेजुङको जिल्ला सभा तथा वार्षिक समीक्षा कार्यक्रम सुरु भएको छ। जिल्ला समिति समितिको सभा हलमा सातौँ जिल्ला सभा तथा वार्षिक समीक्षा कार्यक्रम बुधबार सुरु भएको हो।
गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेमा सञ्चालित एक सय खानेपानीका आयोजनामा क्षति पुगेको छ ।
मुस्ताङको मुक्तिनाथदेखि राउण्ड अन्नपूर्ण पदमार्ग अन्तर्गतको थोरङ्लापाससम्मको मुस्ताङ तर्फको पदमार्गमा सरसफाइ गर्नुका साथै फोहोर व्यवस्थित तवरले नष्ट गरिएको छ ।
भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले मधेश प्रदेश सरकारले मधेशको कृषि उत्पादन वृद्धि गरी मुलुकलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाउने मिसनमा काम अघि बढाइएको बताउनुभएको छ ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले सूचनाको हकलाई सहज बनाउन सबै कार्यालयमा अनिवार्य सूचना अधिकारी राख्नुपर्ने बताउनुभयो ।
उत्तरमा तीव्र बमबारी र बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियानको अन्तिम चरण स्थगित गर्न बाध्य भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बुधबार बताएको छ ।
वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरु यतिबेला दीपावली तथा छठ पर्वको तयारीमा लागेका छन् । यी दुवै पर्वमा माटाका भाँडाकुँडाको माग अत्यधिक हुने गर्दछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगमाथिको कारबाही र बचत फिर्ताको काम सँगसँगै हुने बताउनुभएको छ।बुधबार सिंहदरबाबाट सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विकले भेट गरी दलित समुदायसँग जोडिएका ऐन कानुन निर्माणका बारेमा छलफल गर्नुभएको छ ।