• १२ कात्तिक २०८१, सोमबार

सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री (प्रत्यक्ष प्रसारण)

blog

प्रधानमन्त्री केपी शर्मा ओली सरकरको १०० दिनको प्रमुख कार्यहरु सर्वजनिक गर्नुहुँदै । तस्बिर : केशब गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै हुनुहुन्छ । उहाँले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धि सार्वजनिक गरिरहनु भएको छ । 

प्रधानमन्त्रीको सम्बोधनलाई नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्रको अनलाइन पृष्ठ, फेसबुक पृष्ठ र युट्युबबाट प्रत्यक्ष प्रसारण भइरहेको छ । 

नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली नेतृत्वको सरकारको मङ्गलबार एक सय दिन पुगेको छ । अध्यक्ष ओली नेपाली कांग्रेसको समर्थनमा २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।