• १० कात्तिक २०८१, शनिबार

उपराष्ट्रपति यादवको हर्नियाँको शल्यक्रिया सफल

blog

उपराष्ट्रपति रामसहाय प्रसाद यादव

काठमाडौँ, कात्तिक ७ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवको हर्नियाँको शल्यक्रिया सफल भएको छ । उपराष्ट्रपति यादवका निजी चिकित्सक डा. शिवजी विक्रम सिलवालका अनुसार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा गरिएको हर्नियाँको शल्यक्रिया सफल भएको हो । 

उहाँले भन्नुभयो, “हाल उपराष्ट्रपति यादवको  हर्नियाँको शल्यक्रिया सफल भएको छ । उहाँलाई अहिले चिकित्सकले निगरानीमा राख्नु भएको छ ।” अस्पतालले यादवलाई शुक्रबार डिस्चार्ज गर्ने डा. सिलवालले जानकारी दिनुभयो ।

उपराष्ट्रपति यादव मङ्गलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । यादवको शल्यक्रिया प्रा.डा. रमेशसिंह भण्डारी (युनिट चिफ एन्ड लिभर ट्रान्सप्लान्ट सर्जन) र डा. सुमिता प्रधानको टिमले गरेको हो ।

यो पनि पढ्नुहोस

उपराष्ट्रपति यादवको हर्नियाँको शल्यक्रिया हुँदै