• २६ पुस २०८१, शुक्रबार

साविक विजेता बङ्गलादेश र भारत भिड्दै

blog

बङ्गलादेश महिला टोली । तस्बिर : एन्फा

काठमाडौँ, कात्तिक ७ गते । साफ महिला च्याम्पियनसिपमा आज (बुधबार) साँझ सर्वाधिक सफल टोली भारत र साविक विजेता बङ्गलादेशबिच प्रतिस्पर्धा हुँदैछ । 

समूह समूह  ‘ए’ अन्तर्गत सेमिफाइनलमा स्थान बनाइसकेको भारतलाई साँझ ५:३० वजे सुरु हुने खेलमा जित वा बराबरीले पनि समूह विजेता बन्नेछ । यता पहिलो खेलमा पाकिस्तानसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको बङ्गलादेशलाई अगाडि बढ्न जित्नैपर्ने बाध्यता छ । 

भारतले पहिलो खेलमा पाकिस्तानलाई ५–२ गोलले पराजित गरेको थियो । यदि बङ्गलादेशले भारतसँग कम्तीमा तीन गोल अन्तरको हार खेपेमा पाकिस्तानको समेत सेमिफाइनलको ढोका खुल्नेछ । त्यसैले यी दुईको भिडन्तमा पाकिस्तान बङ्गलादेशले भारतसँग फराकिलो हार खेपेको देख्न चाहन्छ । 

यता बङ्गलादेश पनि भारतलाई हराएर समूह विजेता बन्ने लक्ष्यमा छ । पाँच पटकको च्याम्पियन र साबिक विजेता बङ्गलादेशबिचको भिडन्त रोचक हुने अनुमान गरिएको छ ।