• ५ पुस २०८२, शनिबार

चिसो बढेपछि जनजीवन कष्टकर

blog

चिसो बढेपछि सुनसान गौर बजार क्षेत्र । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 
रौतहट, पुस ५ गते ।
चिसो बढेपछि रौतहटको जनजीवन कष्टकर बनेको छ । रौतहट सदरमुकाम गौर, मध्य भाग गरुडा, दुर्गा भगवती, माधवनारायण, गढिमाइ लगायत क्षेत्रमा चिसोले जनजीवन प्रभावित भएको छ ।

शनिबार बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । बाक्लो हुस्सु लागेर तुसारो पर्दा मानिसलाई घरबाहिर निस्कनै मुस्किल परेको छ । चिसोले बजार क्षेत्रमा चहलपहल घटेको छ । सडकमा सवारीसाधन न्यून चलेका छन् ।

दुर्गा भगवतीमा बिहानैदेखि हुस्सु र कुहिरोले अत्यधिक चिसो भएको स्थानीय अशोक कुमार साहले बताउनुभयो । “चिसोले घरबाहिर निस्किन सकिएको छैन”, उहाँले भन्नुभयो ।  

चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन् । चिसोले काम गर्न जान नपाएको गौर –२ महादेवपट्टीका सुखाडि पासवानले बताउनुभयो ।

चिसोका कारण शुक्रबार सरकारी कार्यालय समेत सुनसान देखिएको थियो । पर्यटन विकास कार्यालयमा शुक्रबार एउटा पनि सेवाग्राही नआएको कार्यालय प्रमुख राजेश काफ्लेले बताउनुभयो ।

चिसोले विशेष गरी विद्यार्थी, मजदुर, गरिब असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित छन् । शुक्रबारदेखि रौतहट आसपासका क्षेत्रमा घाम लागेको छैन ।