नेक्स्ट मोडल्स नेपालले मोडल हन्ट नेपालको नवौँ संस्करणका लागि आवेदन खुला गरेको छ ।
शङ्कर अधिकारी घायलको शब्द, लक्ष्मण पोखरेलको सङ्गीत र रिज्योना कार्कीको स्वर रहेको म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रदेश तथा पालिकास्तरमा गठन गरिएका प्रज्ञा–प्रतिष्ठान र केन्द्रका प्रज्ञा–प्रतिष्ठानबिचको समन्वय तथा एकरूपतामा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
रुसी सदन र शैली थिएटरले संयुक्त रूपमा प्राडा जङ्गब चौहानलाई सोमबार राजधानीमा अभिनन्दन गरेको छ । रुसका लागि नियुक्त राजदूत प्राडा चौहानलाई कमलपोखरीमा आयोजित कार्यक्रममा अभिनन्दन गरिएको हो ।
निर्देशक रोशन दासको ‘आफ्नै स्वार्थ’ बोल गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा ध्रुव विश्वकर्माको स्वर, रोशन दासको शब्द र राजन कार्कीको सङ्गीत रहेको छ ।
अनुदानमा बिउ किनेर रोपेको धानमा दाना नलागेपछि सर्लाहीका किसान मारमा परेका छन् ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मङ्गलबार अनामनगरस्थित विभिन्न रेस्टुरेन्ट तथा व्यवसायको अनुगमन गरेको छ । अनुगमनका क्रममा विभिन्न खाद्यवस्तुमा कैफियत देखिएको छ । अनामनगरमा रहेको बाजेको सेकुवा प्रालिमा पनि खाद्यवस्तुमा कैफियत देखिएको विभागले जनाएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिनेमा हल परिसरमा राखिएका क्याफेले अबदेखि प्रशोधित बोतलको पानी र अन्य प्याकेजिङ गरेका खाने कुरामा अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी मूल्य लिनेलाई कारबाही गर्ने भएको छ ।
पोखरा जानका लागि मङ्गलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित ट्याक्सी काउन्टरमा पुगेकी मालिका–४ फुलबारीकी कृपा शर्मालाई एक ट्याक्सी चालकले रु चार हजार भाडा मागे । रघुगङ्गा–२ भगवतिकी सोनी थापा भण्डारीले गत आइतबार पोखरा जाँदा ट्याक्सी चालकले रु छ हजार भाडा मागेको मागेको गुनासो गर्नुभयो ।
उमेरले उहाँ तीन दशकको पेरिफेरीमा छिन तर जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो । हिमाल र पहाडमा सङ्कलन भएका जडीबुटी बिक्री गर्न सङ्खुवासभाकी फुपु पोङ्सुवा शेर्पा लामो समयसम्म टाढा–टाढासम्म पनि पुग्नु हुन्छ ।
सहकारी बचत अपचलनमा पक्राउ परी कास्कीबाट रुपन्देही ल्याइएका पूर्वडिआइजी छविलाल जोशीसँग मङ्गलबार बयान लिइएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित भङ्गेटारका स्थानीयले चन्दा सङ्कलन तथा श्रमदान गरी निर्माण गरेको कृत्रिम तालमा डुङ्गा सयरसँगै व्यावसायिक माछापालन गरिएको छ ।
हिमाल आरोहीको गाउँ भनेर चिनिने दोलखाको गौरीशङ्कर गाउँपालिका–९, बेदिङका पर्वतीय पथप्रदर्शक ४५ वर्षीय पासाङकिदर शेर्पाले यहाँको छ हजार १२५ मिटर अग्लो ‘बेदिङ गो’ नामक हिमाल आरोहण गर्ने ‘नर्थ वेस्ट रिच’ नयाँ बाटो पत्ता लगाउनुभएको छ ।