सरकारले सबै सरकारी कार्यालयका वेबसाइट समान प्रकृतिका बनाउने भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती सेवा सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक छिट्टै पारित हुने बताउनुभएको छ ।
यस वर्ष विश्वको आर्थिक वृद्धि केही घटेर तीन दशमलव दुई प्रतिशत हुने र सन् २०२५ मा पनि यही स्तरमा रहने अनुमान गरिएको अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले मङ्गलबार घोषणा गरेको छ ।
चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य विश्व नेताहरु मङ्गलबार रुसको कजान शहरमा विकासशील अर्थतन्त्रहरुको ब्रिक्स गुटको शिखर सम्मेलनका लागि आइपुग्नुभएको छ ।
भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले सन् २०७५ सम्ममा भारत पाँच सय २५ खर्ब अमेरिकी डलरका साथ विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था हुने गोल्डम्यान स्याक्सको अध्ययनले जनाएको बताउनुभएको छ ।
दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि मुलुकको दोस्रो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ ।
देशमा न्यूरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रयास थाल्नुभएको छ । त्यसका लागि मन्त्री पौडेलले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै सम्भाव्यता अध्ययन समिति गठन गर्नुभएको छ ।
भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा कुनै शङ्कास्पद वस्तु फेला नपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानमा बम राखेको हल्ला फैलिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम नभेटिएको हो ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको परराष्ट्र नीति, संवैधानिक व्यवस्था तथा शान्ति प्रक्रियाका बारेमा विश्वसमुदायलाई जानकारी दिन आफ्नो स्वीट्जरल्याण्ड भ्रमण सफल भएको बताउनुभएको छ।
सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडीआईजी एवं गोर्खा मिडिया प्रालिका सञ्चालक छविलाल जोशीलाई रुपन्देहीको भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा मंगलबार साढे ७ घण्टा बयान लिइएको छ।
नेकपा एकीकृत समाजवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकीकरणको हल्ला निराधार भएको बताउनुभएको छ।
भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा बम राखेको हल्ला फैलिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नेपाली सेनाले त्यससम्बन्धी अनुसन्धान गरिरहेको छ।
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी माघ २५ देखि २७ गते काठमाडौँमा महाधिवेशन गर्ने भएको छ।पोखरामा सोमबार र मङ्गलबार भएको प्रथम विधान अधिवेशनले यस्तो निर्णय गरेको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन–२०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण मङ्सिर १ गतेदेखि पुनः सुरु गर्ने भएको छ ।
डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज ललितपुर बेलबारी गोल्डकपको उपाधि होडबाट बाहिरिएको छ ।